Skip to main content

१ करोडसम्मको मार्जिन कर्जामा ९ प्रतिशतको वृद्धि

५० लाखदेखि १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा ९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ९ महिनाको देशको आर्थिक अवस्था सम्बन्धी तथ्यांंकमा चालु आवको चैत्र मसान्तसम्म ५० देखि १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा चालु आवको चैत्र मसान्तसम्म ११ अर्ब ५० करोड ९९ लाख पुगेको देखाएको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा २०७९ को असार मसान्तसम्म १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको शुरुदेखि नै आर्थिक गतिविधि सुस्त भएर शेयर बजार समेत बियरिस ट्रे्न्डमा छ। घट्दो पुँजी बजारमा मार्जिन कर्जा पनि घट्दो ट्रेन्डमै देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ९ महिनामा मार्जिन कर्जा ६.७ प्रतिशतले घटेको छ । चालु आवको शुरुमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेको शेयर धितो कर्जा तेस्रो त्रैमासको अन्तिमसम्म पुग्दा ५ अर्ब ४० करोड ६७ लाख रुपैयाँले घटछेर ७५ अर्ब १० करोड १० लाख रुपैयाँमा सीमित हुन पुगेको छ । शेयर लगानीकर्ताहरुले आगामी मौद्रिक नीतिको समीक्षामार्फत मार्जिन कर्जा उपलब्ध गराउँदा लगाइएको जोखिम भार १५० प्रतिशतबाट १ सय प्रतिशतमा झार्न माग गरिरहेका छन् । जोखिम भार घट्दा शेयर धितो राखेर धेरै ऋण दिने अवस्था पैदा हुन्छ । राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको मार्जिन कर्जा प्रदान गर्दा जोखिम भार १ सय प्रतिशत मात्रै हुने व्यवस्था छ । २५ लाखको ऋणमा जोखिम भार कम भए पनि यो समूहको मार्जिन ऋण ९ महिनामा १६ दशमलब ९ प्रतिशतले घटेको देखिएको छ । चालु आवको शुरुवातमा २५ लाख रुपैयाँभन्दा कमको मार्जिन कर्जा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ रहेकोमा अहिले यो घटेर ६ अर्ब ७९ करोड ३१ लाख रुपैयाँमा सिमित भएको छ । २५ देखि ५० लाख रुपैयाँसम्मको मार्जिन कर्जा पनि ९ महिनामा १५.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको शुरुमा १५ अर्ब २० करोड ८ लाख रुपैयाँ रहेको मार्जिन कर्जा ९ महिनाको अवधिमा घटेर १२ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा भने ५ दशमलब ६ प्रतिशतले घटेको छ । २०७९ को असार मसान्तसम्म ४५ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ रहेको मार्जिन कर्जा ९ महिनामा घटेर ४३ अर्ब ९८ करोड १७ लाख रुपैयाँमा सिमित भएको छ । विगत केही महिनादेखि नेप्से परिसूचक १८ सय देखि २२ सयको रेन्जमा घुमिरहेको छ । ऋण लिएर लगानी गर्दा पनि धेरै लगानीकर्ताले उचित प्रतिफल पाउन सकेको छैन । साधारण तया शेयर बजार बुलिस चरणमा रहेको बेला मार्जिन कर्जाको माग पनि उच्च हुने गर्दछ । साइडवेजमा चलेको बजार अझै कति समयसम्म चल्ने हो भन्ने अन्यौलताकैबीच धेरै लगानीकर्ताले मार्जिन ऋणलाई शून्य बनाउँदै लगेको तथ्यांकले देखाउँछ ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf