धितोपत्र बोर्डले नीतिमार्फत नै शेयरको बाँडफाँडमा आरक्षण गरिएको छ । बोर्डले नै आरक्षण गरिएकाले आइपीओको शेयरमा घाटा हुँदैन भन्ने भ्रम छ ।
आइपीओमा नाफा मात्रै हुँदैन, शेयर विश्लेषक मुक्ति अर्यालले भन्छन् 'शेयर भनेको जोखिमपूर्ण क्षेत्र भएकाले घाटा नाफा जे पनि हुन सक्छ
नेपालमा प्राथमिक शेयर निष्काशन गर्दा अंकित मूल्यमा निष्काशन गरिन्छ र आइपीओमा परेको शेयरमा नाफा नै हुन्छ भन्ने भ्रम छ । शेयर बजारमा धेरै भन्दा धेरै लगानीकर्तालाई समेट्ने भनेर धितोपत्र बोर्डले नै उद्योग प्रभावित स्थानीयलाई, वैदेशिक रोजगारमा जाने कामदारलाई, शेयर निष्काशन गर्ने कम्पनीका कर्मचारी र म्युचुएल फन्डलाई कोटा छुट्याउने गरेको छ ।
धितोपत्र बोर्डले नीतिमार्फत नै शेयरको बाँडफाँडमा आरक्षण गरिएको छ । बोर्डले नै आरक्षण गरिएकाले आइपीओको शेयरमा घाटा हुँदैन भन्ने भ्रम छ ।
पछिल्लो समय आएका अधिकांश कम्पनीहरु पनि अंकित मूल्यभन्दा माथि नै कारोबार भइरहेका छन् । अहिले अंकित मूल्य १ सय रुपैयाँभन्दा माथि कारोबार भयो भन्दैमा भविष्यमा घाटामा कारोबार हुँदैन भन्ने ग्यारेन्टी भने हुँदैन । आजभन्दा ४-५ वर्ष अगाडि निष्काशन भएका हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४०-५० रुपैयाँसम्म पनि कारोबार भएको छ । 'आइपीओमा आएको शेयर किन्दा जहिले जोखिम कम हुन्छ, नाफामा जान्छ र फाइदा हुन्छ भन्ने चाँहि हुँदैन ।'- शेयर विश्लेषक मुक्ति अर्यालले भने - 'शेयर भनेको जोखिमपूर्ण क्षेत्र भएकाले घाटा नाफा जे पनि हुन सक्छ ।'
शेयर बजार भनेको प्राथमिक निष्काशन गर्दा होस् कि सेकेन्डरीमा शेयर किन्दा होस्, त्यो जहिले पनि जोखिमपूर्ण हुन्छ । आइपीओ निष्काशन गर्नु भनेको अर्को शब्दमा भन्दा 'रिस्क शेयरिङ' गरेको हो । एउटाले मात्रै धेरै पुँजी लगानी गर्दा कम्पनी डुब्दा एक जनाको टाउकोमा धेरै भार पर्छ, धेरैले लगानी गर्दा जोखिमको पनि बाँडफाँड हुने हुँदा आइपीओ निष्काशनमा जानु भनेको जोखिमको पनि साझेदारी गर्नु हो त्यसकारण जहिले पनि शेयर किन्दा नाफा हुने र घाटा हुने सम्भावना बराबर रहन्छ।
Comments
Post a Comment