शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ । वैशाख २९ गते, सुन तोलामा ८०० रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन तोलामा नै ५५ रुपैयाँले घटेको छ ।
शुक्रबार सुनचाँदीको भाउमा गिरावट, कतिमा झर्याे ?
शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ । वैशाख २९ गते, सुन तोलामा ८०० रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन तोलामा नै ५५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम रहेको थियो ।
साताको अन्तिम कारोबार दिन, सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएर एक हजार ४३० रुपैयाँमा किनबेच भएको थियो ।
Comments
Post a Comment