सनराइज बैंकको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता
सनराइज बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगर स्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको छन् ।
बैंक र अरोगिन हेल्थकेयरबीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको क्रेडिट कार्ड, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ्ग मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउने जनाएको छ ।
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा प्रदान गर्दै आइरहेको छ ।
Comments
Post a Comment