बैशाख महिनामा बैंकहरुको कर्जा लगानी घटेको छ। बैशाख ३० गतेसम्ममा बैंकहरुको कर्जा लगानी करिब ३० अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाउछ।
केन्द्रिय बैंकको तथ्याँक अनुसार चैत अन्तिमसम्ममा बैंकहरुले ४३ खर्ब ३० अर्ब रुपैयाँ लगानी गरेका थिए। बैशाख ३० गतेसम्ममा याे कर्जा लगानी ४२ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको छ। यस अनुसार बैशाख महिनामा मात्रै बैंकहरुको कर्जा लगानी ३३ अर्ब रुपैयाँले घटेको छ।
बैशाखमा निक्षेप संकलन पनि खासै बढ्न नसकेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ। चैत अन्तिमसम्ममा ४८ खर्ब ३२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन बैशाख ३० गते पनि ४८ खर्ब ३२ अर्ब रुपैयाँ नै रहेको छ। बैंकहरुको निक्षेपमा खासै परिवर्तन देखिदैन।
Comments
Post a Comment