पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहाई, अदालतद्वारा सुरक्षा दिन आदेश
पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादको उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अब उनलाई मे १७ सम्म कुनै पनि मुद्दामा पक्राउ गर्न पाइने छैन ।
अल कादिर मामिलामा पीटीआईका अध्यक्ष खानलाई उच्च अदालतले २ साताको जमानत दिएको हो । नेशनल एकाउन्टिबिलिटी ब्युरोले उनलाई इस्लामावाद उच्च अदालत परिसरबाट तीन दिन अघि नियन्त्रणमा लिएको थियो ।
इमरान खानलाई लाहोरका चारवटा मुद्दामध्ये एउटामा जमानत दिइएको छ भने तीनवटा मुद्दामा सुनुवाइ हुनेछ। तीन मुद्दाको सुनुवाइका लागि दुई न्यायधीशको इजलास गठन गरिएको छ ।
इस्लामाबाद उच्च अदालतले इमरान खानलाई सुरक्षा दिन आदेश दिएको छ । उच्च अदालतले खानलाई पूर्ण सुरक्षा दिनुपर्ने भनेको छ । यससँगै उच्च अदालतले इमरानको लाहोर मुद्दाको सुनुवाइका लागि दुई न्यायाधीशको इजलास गठन गरेको छ ।

Comments
Post a Comment