Skip to main content

नयाँ ब्रोकर कम्पनीको रेसबाट एनआइसी एसिया बैंक आउट, कम्पनी नै खारेज, कसले गर्‍यो आउट ?

                                                                          सुवास निरौला

            नयाँ ब्रोकर कम्पनीको लाइसेन्स लिने प्रक्रियागत रेसबाट एनआएसी एसिया बैंक आउट भएको छ। कम्पनी नै खारेज गरेर रेसबाट आउट भएपछि एनआइसी एसिया बैंकको सहायक कम्पनीले नयाँ ब्रोकरको लाइसेन्स नपाउने भएको हो।


            नेपाल धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीले निवेदन दिएका थिए। जसमा एनआइसी एसिया बैंकको सहायक कम्पनीले समेत निवेदन दिएको थियो। एनआईसी एसिया सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कमिसन ब्रोकरको लागि बोर्डमा आवेदन दिएको थियो। तर उसले कम्पनी ब्रोकर लाइसेन्स लिन अनिच्छुक रहेको पत्र सहित बोर्डलाई जानकारी दिएपछि ब्रोकर रेसबाट आउट भएको हो। “उहाँहरुले कम्पनी नै खारेज गरिसक्नु भएको छ। कम्पनी रजिस्ट्रारकाे कार्यालयमार्फत नै खारेज गरेर धितोपत्र बोर्डलाई जानकारी दिनु भएको छ। कम्पनी रजिस्ट्रारमार्फत कम्पनी खारेज भएको चिठी हामीलाई दिएको कारण अब एनआइसी एसिया बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउँदैन,” धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले मेरो लगानीसँग भने।




Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf