Skip to main content

अर्थमन्त्री महतले भने- नियमित व्यवसाय भनेको कतिसम्मको कारोबार हो, त्यो परिभाषित हुन्छ

 अर्थमन्त्री महतले भने- नियमित व्यवसाय भनेको कतिसम्मको कारोबार हो, त्यो परिभाषित हुन्छ


शेयर कारोबारलाई व्यवसायको रुपमा अंगाल्ने लगानीकर्ता आयकरको दायरामा आउनुपर्ने बताएपछि शेयर बजारमा दोस्रो दिन पनि पहिरो गएको छ ।


बजेट आएपछि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले नियमित शेयर कारोबारी जसको शेयर कारोबार बाहेक अन्य आम्दानीको स्रोत छैन र जसले वर्षमा करोडौं कमाउँछन्, त्यस्ता कारोवारी मात्रै आय करको दायरामा आउने संकेत गरे ।


उनले भने-'सर्वसाधारण शेयर लगानीकर्ता जसले बैंकमा भन्दा केही बढी कमाइ हुने आशाले शेयर बजारमा लगानी गरेका छन्, त्यस्ता कोही पनि लगानीकर्ता आयकरको दायरामा आउनुपर्ने भनेको छैन । ९९.५ प्रतिशत अझ ९९.९९ प्रतिशत लगानीकर्ता यो भित्र पर्दैन । यसबाट आत्तिनुपर्ने केही पनि कारण छैन ।' ५०-६० लाख लगानीकर्ता खत्तम भए जसरी प्रचार भएकोमा असन्तोष प्रकट गर्दै उनले नियमित शेयर कारोबारको व्यवसाय गर्ने र आम्दानीको स्रोत नै शेयर कारोबार बनाएका व्यक्ति भने त्यसमा पर्न सक्ने संकेत गरे ।


नियमित व्यवसाय भनेको कति सम्मको कारोबार गर्नेलाई भन्ने यसको निक्र्यौल भने अझै नभइसकेको उनले बताए । निश्चित रकमको कारोबार कति हो त्यो परिभाषित गर्न अर्थमन्त्री महतले निर्देशन दिइसकेको बताए ।


'जसले ठूलो मात्रामा पुँजी बजारमा लगानी गरिराखेको छ, जसको काम नै त्यही हो । यस्ताले नै शेयर बजारलाई स्वात्तै तल लाने र माथि लाने काम गर्छ । तल लगेर त्यो बेलामा किन्ने, अनि फेरि माथि लगेर तुरुन्तै बिक्री गर्छ । यस्ता कारोबारलाई हामीले सिस्टममा ल्याउने कि नल्याउने ?'- अर्थमन्त्री डा. महतले प्रतिप्रश्न गरे । उनले भेस्टेड इन्ट्रेस्ट भएकाहरु चौतर्फी रुपमा लाग्छन् भन्ने थाहा पाएर पनि इमान्दार भएर ट्याक्स नेटमा ल्याउने जोखिम मोलेको जिकिर गरे ।


उनले भने-'जो सानो जागिर खान्छ, ५-६ लाख रुपैयाँ वर्षमा कमाउँछ । उनले आफ्नो बचतबाट केही रकम शेयर बजारमा लगानी गर्छ भने उसले कर तिर्नै पर्दैन ।' उनले अगाडि भने-'जसले करोडौ करोड कमाउँछ, उसले चाँहि कर तिर्नुनपर्ने ? यो त हुने होइन होला । त्यसकारण यसलाई प्रणालीमा विस्तारै ल्याउन यो कदम चालिएको हो ।'


अहिले एकातिर राजस्व बढाउनुपर्ने चुनौती रहेको छ भने अर्कोतिर अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको बताउँदै उनले करको दायरामा आउनुपर्ने भए पनि केही प्रभावशाली व्यक्तिलाई छुन नसकिएको बताए । 'तिनीहरु पनि ट्याक्स नेटमा आउनुपर्छ, यसरी नै करको दायरा बढाउने हो।-'उनले भने ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf