प्रिमियममा आईपीओ निष्काशन गर्न लागेका चार जीवन बीमा कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा, कुन कम्पनी कस्तो?
नेपाल धितोपत्र बोर्डमा चार वटा जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न आवेदन दिएका छन् । सिटिजन लाइफ, रिलायवल लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् ।
यसरी प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति माग्दै बाेर्ड पुगेका चार कम्पनीबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एकले अर्काे शिर्षकमा अब्बल दाबी गर्दा अर्कोले अर्कै शिर्षकमा आफु
चार कम्पनी मध्ये रिलायलन लाइफ र आइएमई लाइफको चुक्ता पूँजी समान २ अर्ब ८० करोड रुपैयाँ रहेकाे छ ।
यस्तै सिटिजन लाइफको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । सन नेपाल लाइफको चुक्ता पूँजी भने सबै भन्दा कम २ अर्ब २४ करोड रुपैयाँ मात्रै रहेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । पूँजी बढाउन चार वटै कम्पनीले प्रिमियम मूल्यमा आईपीको निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् ।
जगेडा कोषमा रिलायवल, बीमा कोषमा सिटिजन अघि
चार वटा जीवन बीमा कम्पनीहरु मध्ये रिलायवल लाइफ इन्स्योरेन्सको जगेडा कोष मजबुत देखिएको छ । कम्पनीको जगेडा कोषमा सबै भन्दा धेरै १ अर्ब ३४ करोड रुपैयाँ संञ्चित रहेको छ । यस्तै सिटिजन लाइफको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ र आइएमई लाइफको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
जगेडा कोषमा सबै भन्दा कम सन नेपाल लाइफको रहेको छ । यस अवधिमा सन नेपाल लाइफको जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ मात्रै संञ्चित रहेको छ ।
यता जीवन बीमा कोषको आधारमा भने सिटिजन लाइफ इन्स्योरेन्स बलियो रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
खुद नाफामा सन नेपाल लाइफ शिर्ष स्थानमा
चार जीवन बीमा कम्पनीहरु मध्ये खुद नाफा आर्जन सन नेपाल लाइफ शिर्ष स्थानमा रहेको छ । यस अवधिमा सन नेपाल लाइफले ४४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै रिलायवल लाइफले २८ करोड ५७ लाख रुपैयाँ र आइएमई लाइफले १८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
सबै भन्दा कम खुद नाफा आर्जन गर्नेमा भने सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सिटिजनले १५ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेकाे छ ।
Comments
Post a Comment