अवैध मोबाइल रोक्ने एमडिएमएस भोलिदेखि लागु हुँदै, कस्ता फोन चल्दैनन् ?
सरकारले विदेशबाट आउने यात्रुले ल्याउने फोनमा सहजिकरण गरेपछि नियामक दूरसञ्चार प्राधिकरणले भोलि अर्थात जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने भएको छ ।
झन्डै दुई बर्ष ढिलो गरी नेपालको मोबाइल बजारलाई नियामन गर्न यो प्रणाली पूर्णरुपमा लागु हुने भएको छ । गत पुस १५ गतेदेखि नै एमडिएमएस लागु गर्ने भनेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेपका कारण पाँच महिना रोकियो ।
विदेशमा बस्ने नेपालीले एक भन्दा बढी मोबाइल फोन ल्याउने व्यवस्था कार्यान्वयन गर्न थालेपछि चौतर्फी विरोध भएको थियो । सोहि विरोधकारण प्रधानमन्त्रीले एमडिएमएस तत्कालका लागि होल्ड गर्न निर्देशन दिएका थिए ।
एमडिएमएस रोकिएको पाँच महिनापछि अर्थमन्त्रालयले विदेशबाट आउने यात्रुको लागि दुई ओटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था नियमावली मार्फत सम्बोधन गरेपछि एमडिएमएस कार्यान्वयनको लागि बाटो खुलेको थियो । कोभिड लगायतका विभिन्न बाहाना पार्दै यो प्रणाली सञ्चालनमा ढिलाइ गरेको प्रधिकरणले भोलिदेखि पूर्णरुपमा एमडिएमएस प्रणाली लागु गर्ने छ ।
एमडिएमएस लागु नहुँदा अवैध मोबाइलका कारण राज्यलाई बार्षिक रुपमा १५ अर्ब बढी राजस्व गुम्दै गएको थियो । अर्को तर्फ अवैध मोबाइलका कारण मोबाइल व्यवसाय नै मन्दीको चपेटामा पर्दै आएको छ । दूरसञ्चार प्राधिकरका अनुसार भन्सार कार्यालयमा जाँचपास भएका व्यक्तिले ल्याएका मोबाइल सेटहरु प्रणालीमा स्वत दर्ता हुने बताएको छ ।
प्राधिकरणका अनुसार एमडिएमएस लागु हुनुभन्दा अगाडि भित्रिएका दर्ता नभएका फोनको हकमा भने दर्ता गर्नुपर्ने छैन भने दर्ता नभएका फोनको हकमा प्राधिकरणमा अफलाइन, अनलाइनको माध्यमबाट दर्ता अनिवार्य गरिएको छ ।
यदि विदेशबाट आएका फोन दर्ता नगरे नेपालको प्रणालीमा नचल्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले एमडिएमएस प्रणालीको सञ्चालन, निमार्ण लगायतको जिम्मा मलेसियन कम्पनीलाई झन्डै एक अर्ब रुपैयाँमा ठेक्का दिएको थियो ।
Comments
Post a Comment