Skip to main content

बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीको मूल्य पुनरावलोकन गरेर क्यापिटलले बोर्ड पठायो, बोर्डले स्वीकृत गर्ला ? यसो भन्छ बोर्ड

 सुवास निरौला

धितोपत्र बोर्डले भने अनुसार बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीको मूल्य पुनरावलोकन गरेर ग्लोबल आइएमइ क्यापिटलले बोर्डमा पठाएको छ।

संस्थागत लगानीकर्ताको भूमिकामा रहेका दुई सरकारी कम्पनीले मूल्य पुनरावलोकन प्रक्रियामा मौनता साँधे पनि अरू कम्पनीहरूले दिएको प्रतिबद्धता पत्र सहित क्यापिटलले बोर्ड पठाएको हाे। “क्यापिटलले जे जति कमिटमेन्ट आयाे तिनैलाई समेटेर बोर्ड पठाइसकेको छ। अब केही दिनमै बोर्डबाट निर्णय आउने सम्भावना छ” रिलायन्स स्पिनिङ् मिल्का प्रमुख शेयर धनी पवन गोल्यानले मेरो लगानी सँग भने।


पाल टेलिकम र नागरिक लगानी कोषले भने अझै प्रतिबद्धता नदिएको विषयमा भने स्पष्ट पर्दै  गोल्यान भन्छन् ”तिनीहरू भनेको सरकारी लगानी भएका कम्पनी हुन्। उनीहरूको प्रक्रिया अलि लामो नै हुन्छ। जसले गर्दा उनीहरू आउँदै गर्छन्। यता काम अघि बढ्दै गर्छ भन्ने हिसाबले पठाएको हो। उनीहरूको प्रतिबद्धता नआउनेमा खासै शङ्का गर्नु पर्ने ठाउँ छैन”।

तर बजारमा भने धेरै शेयर किन्ने प्रतिबद्धता जनाएका योग्य संस्थागत लगानीकर्ताले नै शेयर किन्ने नकिन्ने यकिन नगरिदिँदा बोर्डलाई स्वीकृति दिन अप्ठ्यारो पर्ने हो की भन्ने चर्चा छ। तर बोर्डले त्यही आधारमा भने स्वीकृति प्रक्रिया नरोकिने जनाएको छ। “कम्पनीलाई हामीले मूल्य पुनरावलोकन गरेर आउनु भनेर दिएको पत्र अनुसार शेयर किन्ने नै मनसायको पत्र प्राप्त भएको छ। अब छिट्टै स्वीकृति प्रक्रिया अघि बढ्छ” धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले मेरो लगानी सँग भने।

बजारमा चलेको हल्लाका आधारमा यदि नागरिक लगानी कोष र नेपाल टेलिकमले शेयर नकिन्दिए के हुन्छ ? भन्ने प्रश्नको उत्तर दिँदै श्रेष्ठ भन्छन्” बुक बिल्डिङ निर्देशिका अनुसार एक पटक शेयर किन्ने प्रतिबद्धता जनाएका संस्थागत योग्य  लगानीकर्ताले शेयर किन्दिन भन्न पाउँदैन। उसले त्यो भन्यो भने के कस्तो कारबाही गर्ने भन्ने विषय पनि निर्देशिकाले बोलेको छ। बोर्डले त्यही अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ”।

यस आधारमा पनि अब रिलायन्स र सर्वोत्तमको बुक बिल्डिङ प्रक्रिया टुङ्गिने चरणमा पुगेको मान्नु पर्छ। सम्भवतः यसै साता स्वीकृत हुन सक्ने बोर्ड स्रोतको भनाइ छ। पछिल्लो समय बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई फास्ट ट्र्याकबाट अनुमति दिने योजना अनुरूप काम गरिरहेको छ। गएको दुई महिनादेखि उक्त योजनामा काम थालेको बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीका प्रतिनिधि तथा स्टेक होल्डरसँग पनि छलफल चलाएको थियो। त्यसयता बोर्डले सिटी होटेल,रिपब्लिका मिडिया र घोराही सिमेन्टलाई अनुमति दिइसकेको छ। अब दुई कम्पनीले बुक बिल्डिङको अनुमति पाए लगत्तै नेपाली पूँजी बजारमा बुक बिल्डिङको नयाँ अध्यायको थालनी हुनेछ। 

लामो समयदेखि विवादवीच अघि बढेको बुक बिल्डिङ प्रक्रियालाई कसरी अघि लैजाने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले स्टेक होल्डरहरूसँग छलफल गरेको थियो। छलफलमा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि,नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि,निष्कासनकर्ता कम्पनी र बिक्री प्रवन्धक सहभागी थिए। छलफलमा धितोपत्र बोर्डले पुनः आशय मूल्य तय गर्नु पर्ने तर्क अघि सारेको थियो।

बोर्डले अघि सारेको उक्त विषय मुनासिब नै भएपनि निष्कासनकर्ता कम्पनीहरूका लागि भने उक्त विषय मुनासिब ठहरिँदैन थियो। तैपनि छलफलमा उपस्थित कम्पनीका प्रतिनिधिले लचकता अपनाउने मनसाय व्यक्त गरेका थिए। कम्पनीका प्रतिनिधिले आफूहरू मेरो गोरुको बाह्रै टक्का भनेर नबस्ने बरु निष्कासन प्रक्रियालाई अघि बढाउन सहयोग गर्ने मै उनीहरूकाे जोड थियो। त्यति बेला तोकिएको मूल्यमा समेत जोड घटाउ गर्न सक्ने आशय कम्पनीका प्रतिनिधिहरूको थियो।

तर पुनः आशय मूल्य लिएर आउनु भन्ने लिखित पत्र बोर्डले दिनु पर्ने तर्क उनीहरूले अघि सारेका थिए। एक पटक लिएको आशय मूल्यको समय सीमा बारे निर्देशिकाले केही बोलेको छैन। उनीहरूले आफू सुरक्षित हुनको लागि उक्त पत्र माग गरेका थिए। सोही छलफलपछि बोर्डले उनीहरूलाई पुनरावलोकन सम्बन्धी पत्र दिएको थियो। त्यही पत्रको आधारमा क्यापिटलले नयाँ प्रतिबद्धता पत्र बोर्ड पठाएको हो।  

१० महिना अघि बुक बिल्डिङ प्रक्रियामा रहेका दुई कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय मूल्य लिएका थिए। आशय मूल्य लिने कम्पनीमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स थिए। त्यति बेला सर्वोत्तमको भ्यलुएसन ६२८ रुपैयाँ आएको थियो। सोही मूल्यलाई आधार बनाएर योग्य संस्थागत लगानीकर्ताहरूले ५०१ रुपैयाँसम्ममा सबै शेयर किन्ने आशय व्यक्त गरेका थिए। उता रिलायन्सको भ्यालुएसन ७२८ रुपैयाँ आएको थियो। सोही मूल्यको आधारमा ६०८ रुपैयाँसम्म योग्य संस्थागत लगानीकर्ताले शेयर किन्ने कबोल गरेका थिए।




Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf