बैंकबाट पैसा कम पाउन थालेपछि त्यसको विकल्प पब्लिकबाट पैसा उठाउनु पर्ने अवस्था आएकाे हाेः पवन गोल्यानसँगकाे अन्तरवार्ता
एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष समेत रहेका पवन गोल्यानले पहिलेदेखि नै बैंकको ब्याजदर एकल अंकमा ल्याउनु पर्ने आवाज उठाउँदै आएका छन् । उनले भनेजस्तै बैंकको ब्याजदर घट्दै जाने थालेको छ । केही महिना अघि १६ प्रतिशतसम्म पुगेको बैंकको ऋणको ब्याजदर घट्न सुरु गरेको छ ।
यसैगरी, उनी अध्यक्ष रहेका बैंक तथा वित्तीय संस्था परिसंघलगायतका संस्थाहरुले यही साता नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने बिषयमा नेपाल बिजनेस समिट गरिसकेको छ । उक्त समिटले १९ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।
व्यवसायी गोल्यानका आधा दर्जन कम्पनीहरुले शेयर सर्वसाधारणमा ल्याउने तयारी गरिरहेका छन् । उनै गोल्यान समूहका अध्यक्षसमेत रहेका पवन गोल्यानसँग शेयर बजार, बैंकको ब्याजदरलगायतका बिषय केन्द्रित रहेर मेरोलगानीका उप सम्पादक सुवास निरौलाले गरेको अन्तरवार्ताः
धितोपत्र बोर्डले बुक बिल्डिङ पक्रियामा रहेको तपाईहरूको कम्पनीलाई मूल्य पुनरावलोकन गरेर ल्याउन भनेको विषय अहिले कहाँ पुग्यो ? नागरिक लगानी कोष र नेपाल टेलिकमले आनाकानी गरिरहेको भन्ने कुरा सुनिएको छ। के भएको हाे ?
आनाकानी गरेको होइन। उनीहरुकाे बोर्डबाटै निर्णय गर्नु पर्ने भएकोले अलि लामो समय लागेको मात्रै हो। अब हाम्रो शेयर किन्ने प्रतिबद्धता गरेका योग्य संस्थागत लगानीकर्ताको म्योजोरोटी कमिटमेन्ट आइसकेको छ। दुई कम्पनीको मात्रै आउन बाँकी छ। त्यो पनि चाडै आउँछ होला। ज-जसको आयो त्यसलाई हामीले धितोपत्र बोर्ड पनि पठाइ नै सक्यौ।
पछिल्लो समय रिलायन्सको भ्यलुएसन बढेर आएको भन्ने सुनिएको छ। कति बढेको हो ?
अहिले नै मैले यो कुरा खुलाउन चाहिन। त्यो स्वीकृत भएर आएपछि सबैले नै थाहा पाइ हाल्नु हुन्छ।
तै पनि यति प्रतिशत त भन्न मिल्ला नि ?
तपाईले सोधी हाल्नु भयो। १५ देखि २० प्रतिशतसम्म बढेको मैले भन्न सके।
Comments
Post a Comment