Skip to main content

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति

 


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) लाई हकप्रद शेयर निष्काशन अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट शत प्रतिशत हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।


कम्पनी सञ्चालक समितिको बैशाख ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।


कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो ।

हकप्रद शेयर निष्काशन गरेर कम्पनीले प्राप्त गरेको रकम मध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि लगानी गर्नेछ ।


यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने जनाएको छ ।


विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएसँगै कम्पनीको विशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf