सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो
बैशाख २८ गते बिहीबार सुनको मूल्य स्थिर अवस्थामा छ । यस दिन सुन बुधबार कायम मूल्यमा नै काराेवार भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतिताोला एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भएको छ ।
Comments
Post a Comment