Skip to main content

सानो इभि खोज्नेलाई एमजी कोमेट, २३० किमि रेन्ज, नेपाली बजारमा कहिले आउला ?


 

एमजी (मोरिस ग्यारेज)ले सानो इभि पारखीको लागि विद्युतीय कार बजारमा उतारेको छ । केहि दिन अघि मात्रै एमजी इन्डियाले सिटीका लागि लक्षित गर्दै विद्युतीय कार कोमेट सार्वजनिक गरेको हो ।


एमजिका जेटएस इभिले अन्तराष्ट्रिय बजारमै सफलता पाएपछि नेपालमा समेत आउने सम्भावना रहेको कोमेटलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपाली बजारमा एमजि जेटएस इभि लोकप्रिय छ ।


हाल एमजीले सय किलोवाट मोटर क्षमता भएको एमजि जेट एस बजारमा उतारेको छ ।


एमजीले ल्याएको कोमेटको सुरुवाती मूल्य ७ लाख ९८ हजार भारु तोकिएको छ । जुन नेपाल आउँदा ३० देखि ३५ लाख रुपैयाँमा यो गाडी ग्राहकले पाउने अनुमान गरिएको छ ।



कस्तो छ कोमेटर गाडी ?


पछिल्लो समय गाडी उत्पादक कम्पनीहरु सिटिलाई लक्षित गर्दै सानो इभि बनाउन लागेका छन । सोहि अवधारणा अनुरुप कोमेट इभि बजारमा आएको छ । यो गाडीमा १७.३ किलोवाट आवरको लिथियम आयत ब्याट्री दिइएको छ । कोमेटमा रहेको मोटरले ४२ पीएस र ११० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।


यो गाडी एक पटकको फुलचार्जमा २ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । ३.३ किलोवाटको चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५ घण्टा र सय प्रतिशत चार्ज हुने ७ घण्टा लाग्ने बताएको छ । सिटी कारका रुपमा डिजाइन गरेर बनाइएको यो गाडीको लुक्स आकर्षक बनाइएको छ ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf