Skip to main content

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाइसी विवरण, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाइसी विवरण, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने


एनआईसी एशिया बैंक(NICA)ले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियाे केवाइसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि भिडियो कलबाटै केवाइसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो ।


घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइट nicasiabank.com मा रहेको Apply Now मा ट्याब गरी VKYC बाट उल्लेखित सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सकिनेछ र ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ । परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।


यस नयाँ सेवाको सुरुवातसँगै ग्राहकहरूको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाइसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भिडियाे केवाइसी (VKYC) सेवा निकै नै लाभदायी हुनेछ । हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहेका लाखौं ग्राहकहरूले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।


एन आई सी एशिया बैंककाे मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf