Skip to main content

हामी सँग महानगरका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको थियो।

 काठमाडौं महानगरले सुरु गरेको 'शिक्षामा सिप' कार्यक्रमको निरीक्षण गरियो। महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक साता शुक्रवार हुने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने निरीक्षण गर्ने क्रममा आज हामी जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा पुगेका थियौँ। ती दुई विद्यालयका कक्षाकोमा विद्यार्थिहरु सँगै बस्ने अवसर मिल्यो।

उक्त निरीक्षणको क्रममा हामीले विद्यालयका शिक्षकहरू सँग स्रोत साधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौ। यो निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ।

हामी सँग महानगरका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको थियो।

'शिक्षामा सिप' कार्यक्रम हाम्रो स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहँदै गर्दा प्रमुख कार्यक्रमका रूपमा घोषणा पत्रमा समेत समेटिएको थियो।

कक्षा ९ मा नमुनाका रूपमा थालिएको उक्त कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा हुन्।

महानगरले पुस्तक विहीन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्नेछन्। विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो। यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने हामीले आशा राखेका छौ।




Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf