अर्को स्टक एक्सचेञ्ज आउने भएपछि नेप्सेले बनायो पाँच बुँदे योजना, सर्वसाधारणलाई समेत आईपिओ बिक्री गर्ने
नयाँ स्टक एक्सचेञ्ज आउने भएपछि नेपाल स्टक एक्सचेञ्जको पुनर्सरचना गर्नु जोड दिन थालिएको छ । नयाँ स्टक एक्सचेञ्ज ल्याउने पक्का जस्तो भएपछि नेप्सेले पूनर्सरचना सहित भावी रणनीति सहितको प्रतिवेदन बनाएको हो ।
नेप्सेले बनाएको उक्त प्रतिवेदन अनुसार नेप्सेको वास्तविक मूल्यांकन गर्ने, पुँजी वृद्धि गरेर न्यूनतम ३ अर्ब रुपैयाँ पुर्याउने, सर्वसाधारणलाई ३० प्रतिशत शेयर जारी गर्ने, संस्थागत सुशासन राम्रो भएका स्वदेशी संघ संस्था र विदेशी रणनीतिक साझेदार भित्र्याउने उल्लेख छ ।
नेपाल धितोपत्र बोर्डले थप अर्को स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृया सुरु गरेपछि नेप्सेले संथागत पुनर्सरचनाको लागि जोड दिन थालेको हो । विगत लामो समयदेखि नेप्सेको शेयर संर्वसाधारणलाई बिक्री गर्नेगरी पुनर्सरचना गर्नुपर्ने मागहरु राख्दै आएका थिए । तर सम्बन्धित निकायको ध्यान केन्द्रित हुन सकिरहेको थिएन ।
अब आउदै गरेको नयाँ स्टक एक्सचेञ्जले तीन वर्ष भित्रमा सर्वसाधारणलाई शेयर जारी गर्ने व्यवस्था रहेतापनि नेप्से सञ्चालनमा आएको २९ वर्ष भइसक्दा पनि सर्वसाधारणमा शेयर जारी गरिएको छैन ।
नयाँ आउने स्टक एक्सचेञ्जले स्थापना भएको तीन वर्ष भित्रमा सर्वासाधारणलाई शेयर जारी गर्ने नीतिगत व्यवस्था भएपछि नेप्सेले पनि सर्वसाधारणलाई शेयर जारी गर्ने गरी पुन संरचना गर्न खोजेको बुझिन्छ । हाल नेप्सेको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ । नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्षमी बैंक र प्रभुबैंकको ५-५ प्रतिशत र अन्यको ०.६२ प्रतिशत स्वामित्व रहेको छ ।
नेप्सेले परिकल्पना गरेको नयाँ संरचना अनुसार नेप्सेको शेयर स्वामित्व अनुसार नेपाल सरकार, नेपाल राष्ट्र बैंक वाणिज्य बैंकको ३३.३३ प्रतिशत, विदेश रणनीतिको १५ प्रतिशत, संस्थागत सुशासन भएका स्वदेशी संघ संस्थाहरुको २१.६७ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हुने उल्लेख गरेको छ ।
नेप्सेको संरचना परिवर्तन गर्नुपर्ने कुरालाई समय समयमा चर्चा पाउने गरेको थियो । नेप्सेको पूसंरचना गरेर बजारलाई अत्याधुनिक बनाउने कुरा भएतापनि त्यसले अहिलेसम्म पूर्णता पाउन सकेको अवस्था छैन् । आफ्नो प्रर्तिस्पर्धीमा अर्को स्टक एक्सचेञ्ज आउने भएपछि अहिले नेप्से स्वंयमले पूर्नसंरचना गर्नुपर्ने कुरालाई महत्व दिदै आएको हो ।
Comments
Post a Comment