७ रुपैयाँ मात्रै नेटवर्थ भएको कम्पनी २ सय ५ रुपैयाँमा कारोबार हुँदै
साधारणतया ऋणात्मक नेटवर्थ भएका कम्पनीको शेयर दीर्घकालीन लगानीको लागि अनुपयुक्त मानिन्छ । नेपालमा भने प्रति शेयर ६ रुपैयाँ ७३ पैसा मात्रै नेटवर्थ भएको दिव्यश्वरी हाइड्रोपावर भने २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको यो हाइड्रोपावरको जगेडा कोष नै २४ करोड ६२ लाख २६ हजार रुपैयाँले नकारात्मक छ । कम्पनीको अंकित मूल्य भने प्रति शेयर १०० रुपैयाँ छ ।
ऋणात्मक कम्पनीहरुमा सकेसम्म लगानी नगर्न शेयर गुरुहरुले सल्लाह दिने गर्छन । नेपालको पुँजी बजारमा पछिल्लो समय विशेषगरी हाइड्रोपावर कम्पनीको शेयरहरु आधारभूत रुपमा अत्यन्तै कमजोर रहेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अध्ययन गर्दा थाहा हुन्छ।
कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको सेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्ने गरिन्छ ।
Comments
Post a Comment