राष्ट्र बैंकका गभर्नरले बैंकका सिइओलाई भने, 'सर्वसाधारणका गुनासा तपाईहरुले नै सम्बोधन गर्नुस, हामी कहाँ आउन नदिनुस्'
राष्ट्र बैंकका गभर्नरले बैंकका सिइओलाई भने, 'सर्वसाधारणका गुनासा तपाईहरुले नै सम्बोधन गर्नुस, हामी कहाँ आउन नदिनुस्'
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सर्वसाधारणका गुनासा बैंकहरुले सम्बोधन गर्न र राष्ट्र बैंकमा नपठाउन आग्रह गरेका छन् । सर्वसाधारणका गुनासा राष्ट्र बैंकमा आउन थालेपछि गभर्नर अधिकारीले बैंकका सिइओलाई बोलाएर गुनासाहरु सम्बोधन गर्न आग्रह गरेका हुन् ।
राष्ट्र बैंकका उच्च अधिकारी र वाणिज्य बैंकका सिइओहरु समेतलाई म्यारियट होटल राखेर गभर्नर अधिकारीले गुनासाहरु राष्ट्र बैंक नपठाउन अनुरोध गरेका हुन् । 'तपाईहरुले सेवाग्राहीका गुनासाहरु नसुनेका कारणले गुनासाहरु राष्ट्र बैंक आएका छन्,' गभर्नर अधिकारीको भनाईलाई उदृत गर्दै एक सिइओले भने, 'सेवाग्राहीका गुनासा सुन्नुहोस र त्यस्ता गुनासा हामी कहाँ नआउने वातावरण बनाउनु होस ।'
Comments
Post a Comment