पुराना ब्रोक्ररले नयाँ ब्रोकरको विरोध गरेको भन्दै धितोपत्र बोर्डले चित्त दुखायो, यस्तो निकाल्यो प्रेस विज्ञप्ति
पुराना ब्रोकरहरूको सङ्गठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नयाँ दलाल व्यवसायी (ब्रोकर) को लाइसेन्स रोक्न खोजेपछि नेपाल धितोपत्र बोर्डले चित्त दुखाएको छ। उसले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चित्त दुखाएको हो।
"पारदर्शी प्रक्रियाबाट मापदण्ड पुरा गरेका सबैलाई समान अवसर प्रदान गरी तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिएकोमा केही संस्थाहरूले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैँ सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यस कार्यको विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरू लगाइएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ" बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शुक्रवार स्टक ब्रोकर एसोसिएसनले स्टक एक्सचेन्जको लाइसेन्स रोके जस्तै दलाल व्यवसायीको लाइसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानबिन गरी कारबाही गर्न माग गरेको थियो। सो पश्चात् नयाँ ब्रोकर एसोसिएसन गठन गर्ने गरी भेला गराइ आरोपलाई पुष्टि गर्न नयाँ ब्रोकरहरूले चुनौती दिएको थिए। त्यस पश्चात् सोमबार बोर्डले विज्ञप्ति जारी गरेको हो।
बोर्डले पछिल्लो समयमा समय धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायीक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रीत स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्याउने, भएको प्रयास प्रति बोर्ड खेद व्यक्त गर्दछ। साथै, लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि बोर्डले आगामी दिनहरूमा समेत खुला प्रगतिशील नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ।
हाल नेपाल धितोपत्र बोर्डबाट नयाँ धितोपत्र दलाल तथा व्यापारीको रुपमा आवेदन दिएका ४३ वटा कम्पनीले आशय पत्र पाएका छन्।
Comments
Post a Comment