नेपाल रिपब्लिक मिडियाको आईपीओमा करिब १० लाखको आवेदन, एक अर्ब बढी शेयर माग
नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा करिब १० लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा ९ लाख ८३ हजार २०० आवेदनबाट १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशन गरेको ३६ लाख १९ हजार ८९१ कित्ता शेयरको २.९६ गुणा बढी हुन आउँछ ।
Comments
Post a Comment