Skip to main content

एलन मस्क र प्रधानमन्त्री मोदीबीच भेट वार्ता, भारतमा स्थापना होला टेस्लाको प्लान्ट ?

 



 टेस्लाका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीले मंगलबार मस्कलाई भेटेका हुन् ।


बुधबार ट्वीट गर्दै प्रधानमन्त्री मोदीले एलन मस्कलाई भेटेको जानकारी दिएका छन् । "आज तपाईँलाई भेटेर खुसी लाग्यो एलन मस्क," मोदीले ट्वीटमा लेखेका छन्, "हामीले ऊर्जादेखि आध्यात्मिकता सम्मका विषयमा बहुआयामिक कुराकानी गरेका छौं ।" उनको ट्वीटमा रिप्लाई दिँदै एलन मस्क लेख्छन्, "तपाईंलाई फेरि भेट्न पाउँदा खुसी लागेको छ ।"


अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार मस्कले भारतमा उत्पादन कारखाना स्थापना गर्ने योजनाबारे मोदीसँग छलफल गरेका छन् ।


प्रधानमन्त्री मोदीसँगको छलफलपछि सञ्चार माध्यमसँग कुरा गर्दै मस्कले भने, "भारत सौर्य ऊर्जा, स्थिर ब्याट्री प्याक र विद्युतीय सवारी साधन सहित दिगो ऊर्जाका लागि बलियो सम्भावना भएको देश हो ।"


त्यस्तै उनले स्पेसएक्सको स्टारलिंक स्याटलाइट इन्टरनेट सेवा भारतमा ल्याउने विषयमा पनि छलफल भएको बताएका छन् ।


"उहाँ (मोदी) साँच्चै भारतको ख्याल गर्नुहुन्छ किनभने उहाँले हामीलाई भारतमा महत्त्वपूर्ण लगानी गर्न दबाब दिनुभएको छ, जुन हामीले गर्न चाहेको कुरा हो," मस्कले बैठकपछि पत्रकारहरूलाई भने, "छिट्टै नै टेस्ला भारतमा हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।"


भारतको विदेश मन्त्रालयले ट्वीट गर्दै मोदीले मस्कलाई  विद्युतीय गतिशीलता र द्रुत रूपमा विस्तार भइरहेको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा लगानीका लागि भारतमा अवसरहरू खोज्न निम्तो दिएको उल्लेख गरेको छ ।


यसो त गत महिना टेस्लाका कार्यकारी टोलीले भारत भ्रमण गरेको थियो । उक्त भ्रमणमा टेस्लाको टोलीले भारतमा कार र ब्याट्रीहरूको उत्पादन गर्ने कारखाना स्थापनाको सभाव्यता अध्ययन गरेको थियो । साथै यस विषयमा भारतीय अधिकारी र मन्त्रीसँग पनि वार्ता भएको बताइएको छ ।


गत महिना  मस्कले  यसै वर्ष टेस्लाको नयाँ उत्पादन कारखाना स्थापनाका लागि उपयुक्त स्थानको छनोट भइरहेको जानकारी दिएका थिए, जसमा भारत उनको प्रमुख रोजाइमा परेको थियो ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf