ईसेवामा भएको पैसा अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने
डिजिटल वालेट ईसेवामा भएको रकम अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने भएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ईसेवा र एभरेस्ट बैंकबीच 'कार्डलेस ट्रान्जेक्सन'का लागि सम्झौता भएको हो ।
यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन ।
एभरेष्ट बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ?
- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।
एभरेष्ट बैंकको एटीएम बुथमा जानुहोस्
- बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।
- र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् ।
यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ ।
Comments
Post a Comment