दाइजो लिईएन
एउटा बाइक दिएका थिए उन्कै छोरीलाई बसमा हिड्न नपरोस भनेर होला , उहाँहरुको छोरिलाई दुख नदिने बिचार को सम्मान गर्नै पर्यो ।
एउटा सेट दराज , पलङ , सिरक डस्ना दिएका थिए ,
फेरि उहाहरुकै छोरिको सुख दुख सोच्नु भएको होला भनेर नाई भनिएन ।
एउटा टिभि , एउटा फृज , एउटा वासिङ मेसिन
यो पनि छोरिकै लागि दिएका भनेर मात्र
अनि खै
छोरिकै लागि भनेर गाह्रो साह्रो मा काम लाग्ला भनेर 25 लाख लिएको हो ।
तर दाइजो चै लिइएन।
म जस्तै दाइजो बिरोधि को को छौ?

Comments
Post a Comment