Skip to main content

जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै लेरी एलिसन बने विश्वको तेस्रो धनी व्यक्ति


 जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै लेरी एलिसन बने विश्वको तेस्रो धनी व्यक्ति


काठमाडौं । सफ्टवेयर कम्पनी ओराकलका संस्थापक लेरी एलिसन विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको चर्चासँगै कम्पनीकाे शेयर बढ्दा जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै एलिसन तेस्रो धनी व्यक्ति बनेका हुन् ।


फोर्ब्स म्यागजिनका अनुसार आज (सोमबार) एलिसनको कूल सम्पत्ति १५६.२ अर्ब अमेरिकी डलर छ । दोस्रो स्थानमा रहेका लुई भितनका मालिक बर्नाड अर्नल्टको सम्पत्ति २३३.७ अर्ब अमेरिकी डलर रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेका ट्वीटर, स्पेसएक्स तथा टेस्लाका मालिक एलन मस्कको सम्पत्ति २३६.९ अर्ब डलर छ ।


एलिसनले बिल गेट्स र जेफ बेजसलाई पछि पारेको यो पटक हो । उनले सन् २०१४ मै ओराकलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले कम्पनी छोडेका थिएनन् । पछि सो कम्पनीको अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) बनेका उनको अधिकांश सम्पत्ति ओराकलकै स्टकमा निर्भर छ ।


यो वर्ष एआईको चर्चासँगै ओराकलको स्टक मूल्य ४२ प्रतिशतले बढेको छ । गत मंगलबार ओराकलले सार्वजनिक गरेको रिपोर्टमा कम्पनीले २०२३ को आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी अर्थात् ५० अर्ब डलर आम्दानी गरेको उल्लेख छ । अहिले यस कम्पनीको प्रमुख लगानी एआईमा छ ।


म्पनीले ओपनएआईको प्रतिद्वन्द्वी कोहिरमा दुई करोड ७० लाख डलर लगानी गरेको रिपोर्टमा उल्लेख छ । विश्वकै तेस्रो धनी व्यक्ति एलिसनको ‍ओराकलमा ४२.९ प्रतिशत स्टक रहेको छ । त्यस्तै उनी टेस्लाको पनि १.५ प्रतिशत स्टकका मालिक हुन् ।


ओराकल विश्वकै ठूलो सफ्टवेयर कम्पनीमध्येको एक हो, जसले कर्पोरेट हाउसलाई विभिन्न किसिमका सफ्टवेयर उपलब्ध गराउने गर्छ । सन् १९७७ मा एलिसन, बब माइनर र ईडी ओएट्सले डेटाबेस बिक्री गर्न व्यवसाय सुरु गरेका थिए, जसलाई उनीहरूले ओराकल डेटाबेस नाम दिए । त्यसको पाँच वर्षपछि सफ्टवेयर बिजनेसमा प्रवेश गरिसकेपछि उनीहरूले कम्पनीको नाम ओराकल राखेका थिए

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf