एप्पलले हटाइदियो ट्वीटरका संस्थापक डोर्सीको सोसल नेटवर्किङ एप
ट्वीटरका संस्थापक ज्याक डोर्सीको सोसल नेटवर्किङ एप डामस (Damus) लाई एप्पलले आफ्नो एपस्टोरबाट हटाएको छ । बिटक्वाइन टिपिङ सेवाका लागि चर्चित यो एप एपस्टोरको भुक्तानी सम्बन्धी नियम विपरीत रहेको भन्दै एप्पलले हटाएको हो ।
डामसले प्रयोगकर्ताहरूलाई बिटक्वाइन प्रयोग गर्दा टिप दिने गरेकाे छ । तर यो कार्य भुक्तानी नियम विपरीत रहेकाे एप्पलको ठहर छ ।
एप्पलको यो निर्णयले ठूला प्रविधि कम्पनीहरू र क्रिप्टोकरेन्सीहरू जस्तै विकेन्द्रीकृत प्रविधि प्रयोग गर्ने एपहरूबीच विवाद हुनसक्ने विश्लेषण गरिएको छ ।
एपस्टोरबाट आफ्नो एप हटेपछि डामसले एप्पलसमक्ष अपिल गर्ने तयारी गरेको छ । एपस्टोरको नियम पालना गर्न एप अपडेट गरेपनि एप्पलले निर्णय फिर्ता नलिएकाे डामसले उल्लेख गरेकाे छ ।
Comments
Post a Comment