सस्तो मूल्यमा धेरै फिचर खोज्नेहरूका लागि उपयोगी फोन
नेपाली बजारमा बेन्काेकाे नयाँ माेबाइल भित्रिएकाे छ । कम्पनीले सस्ताे मूल्यमा मिडरेन्ज फाेनका फिचरसहित बेन्को एसवन प्राे सार्वजनिक गरेको हाे । याे फोन मैले एक साताभन्दा बढी प्रयोग गरेर हेरिसकेको छु । जम्मा २० हजार रुपैँया तोकिएको यो फोनमा ८ जीबी र्याम अनि ६४ मेगापिक्सेल मुख्य क्यामेरा, ३३ वाटको फास्ट चार्जिङ, यूएफएस २.२ स्टाेरेज पाउनु हामीले अपेक्षा गरेभन्दा बढी नै हो ।
मूल्य अनुसार जस्तो फिचर दिइएकाे छ, त्यो त चित्तबुझ्दो नै छ। तर फिचर, लुक्ससँगै पर्फर्मेन्स कस्ताे छ त ? आज म यसबारे चर्चा गर्दैछु ।
याे फाेनकाे अब्बल पक्षकाे कुरा गर्दा पहिलाे नम्बरमा आउँछ, र्याम । २० हजारको फोनमा ८ जीबीको र्याम पाउनु भनेको जो कोहिले अपेक्षा गरेभन्दा बढी नै हो। त्यति मात्र होइन, आवश्यक परेको खण्डमा थप ८ जीबी भर्चुअल र्याम थप गर्न पनि मिल्छ ।
र्याम बढी हुँदाको मुख्य फाइदा भनेको सिस्टमले छिटाे काम गर्न सक्छ । जसले गर्दा मल्टी टास्क र गेमिङ अनुभव राम्रो हुन्छ । त्यसको अलवा दीर्घकालसम्म पनि फोन स्लाे हुने समस्या नदेखिन सक्छ । किनकि सिस्टम अपग्रेडसँगै एप्लिकेसनको अपडेट आइरहेको हुन्छ जसले फोनको बढीभन्दा बढी र्याम ओगट्दै गइरहेको हुन्छ । त्यसैले धेरैजसो फोन पुरानो हुँदै गएपछि स्लाे समस्या हुन्छ, जुन समस्या ८ जीबी र्याम भएकाले दुई-चार वर्ष चलाउँदा बेन्काे एसवन प्राे मा नआउन सक्छ ।
२० हजराको फोन भएपनि पब्जीजस्ता हेभी गेम यसमा मजासँगले नै चल्दो रहेछ । एचडी ग्राफिक्स, हाइ फ्रेम रेटमा हामीले पब्जी खेल्न सक्छौं ।
दोस्राे अब्बल पक्ष भनेको यसको स्टोरेज हो । यो फोनमा १२८ जीबी स्टाेरेज दिइएको छ, जुन यूएफएस २.२ वाला हो । भन्नुको मतलब स्टाेरेजकाे डेटा रिड र राइट अनि राइट गर्ने क्षमता eMMC 5.1 को तुलनामा ३०० प्रतिशत फास्ट हुन्छ, जसले गर्दा मोबाइलमा फाइल सार्नु पर्यो, एपहरू खेाल्नु पर्याे वा भिडिओहरू मोबाइलमै बजाउनु पर्यो भने पनि खासै समय लाग्दैन ।
तर अहिले पनि २०, ३० हजार मूल्य पर्ने अधिकाँस फोनमा eMMC stockpiling नै राखिएका हुन्छन् । मिडरेन्ज र फ्ल्यागशिप फाेनहरूमा मात्र quickest read and compose speed भएको मेमोरी राख्ने गरिन्छ। जुन तपाईंले २० हजारकै फोनमा पाउनु राम्रै कुरा हो ।
तेस्राे मलाई लागेको राम्रो कुरा भनेको ३३ वाटको फास्ट चार्जिङ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जुन अधिकांश बजेट फोनले अफर गरिरहेकै हुन्छन् । तर बजेट फोनमा सबैजसोले कम क्षमताको चार्जिङ क्षमता दिइरहेका हुन्छन् । सामान्यतः १५ देखि २५ वाटको चार्जिङ सपाेर्ट पाउने गर्थ्यौं । त्यसैले बजेट फोनमा ३३ वाटको फास्ट चार्जिङ पाउनु फाइदाकै कुरा हो ।
चौथो अब्बल पक्ष भनेको क्यामेरालाई पनि लिन सकिन्छ । मेगापिक्सेलको वारमा Benco S1Pro मूल्य अनुसार अन्य ब्रान्डलाई दबाबमै राख्नेगरी बजारमा आएको छ । यसको मुख्य क्यामेरा ६४ मेगापिक्सेलको छ भने सेल्फी क्यामेरा १६ मेगापिक्सेलको छ, जुन धेरैजसो मिडरेन्ज फोनहरुले अफर गर्ने गर्छन् । त्यसैले मूल्य अनुसार बेन्को एसवन प्राे को क्यामेरामा यो मेगापिक्सल पाउनु तुलनात्मक रुपमा अब्बल पक्ष नै हो ।
पाँचौं राम्रो लागेको भनेको मलाई यस्को लुक्स र बिल्ट क्वालिटी हो । झट्ट हेर्दा मात्रै होइन यसलाई छाम्दा पनि फोन प्रिमियम नै फिल हुन्छ । ब्याक प्यानल एजी ग्लास युक्त हो, जसलाई matte impact दिनका लागि oleophobic covering गरिएको छ । यसले गर्दा पछाडि समाउँदा हातको प्रिन्ट खासै बस्दैन । एक त बजेट फोनको ब्याक अधिकांशको प्लाष्टिककै हुन्छन् । त्यो माथि छाम्दा पनि साह्रै खस्रो हुन्छन् । तर बेन्काेले त्यो कुरालाई मध्यनजर गर्दै मूल्य अनुसार लुक्स र क्वालिटी बेस्ट दिने प्रयास गरेको छ ।
त्यस्तै छैठौंँ राम्रो पक्ष भनेको फोन किन्दा बक्समा उपलब्ध हुने सामानमा पनि बेन्काे एसवन प्राे अरु भन्दा अगाडि नै देखिएको छ। अन्य ठूला ब्राण्डले अत्यावश्यक एक्सेसरिजहरू कटौती गरिरहँदा यो फोन किन्दा चार्जरसँगै इयरफाेन, स्क्रिन गार्ड, कभर लगायतका सामानहरू आउँछन् ।
अर्को महत्वपूर्ण कुरा भनेको यो फोन एन्ड्राेइड १३ मा आधारित छ, जुन लेटेस्ट भर्जन नै हो । त्यसैले एन्ड्रोइड १३ ले अफर गरेका सबै सुविधा यो फोनबाट पाउन सकिन्छ । युजर इन्टरफेस भने जति बाहिरबाट हेर्दा आकर्षक र प्रिमियम देखिन्छ त्यो लेभलlको चाहिँ छैन । यद्यपि बजेट फोनहरूसँग तुलना गरेर हेर्दा भने ठीकठाक नै लाग्छ ।
त्यस्तै अधिकांश बजेट फोनमा वाटर ड्रप नच नै राखिएको हुन्छ, तर यसमा पन्च हाेल डिस्प्ले छ, जहाँ सेल्फी क्यामेरा राखिएको छ । यसको फ्रेममा फिङ�

Comments
Post a Comment