आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउँदाको असर उपभोक्ताको चुलोसम्म पुग्नुका साथै व्यवसाय गर्ने वातावरण पनि बन्दैन
आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउँदाको असर उपभोक्ताको चुलोसम्म पुग्नुका साथै व्यवसाय गर्ने वातावरण पनि बन्दैन
नेपाल सरकारले अहिलेको बजेटमा आलु प्याजलगायत कृषिजन्य बस्तुहरुमा १३ प्रतिशत भ्याट लगाएको छ । यसले व्यापारी तथा उपभोक्तालाई पनि ठूलै असर पर्ने देखिन्छ ।
१३ प्रतिशतको भ्याटले आलु प्याज केही दिन भित्रमै नास हुने बस्तु भएकोले व्यवसायीहरुलाई पनि व्यवसाय सञ्चालनका लागि अलिकति असहजता ल्याएको छ । मैले भन्न खोजेको उदाहरणका लागि भारतमा ३० टन माल किन्यौं भने यो काठमाडौंसम्म आइपुगेर र हाम्रो स्टोरबाट बिक्री गरिसक्दा करिव १०-१२ प्रतिशत त कुहिएर र नासिएर जान्छ ।
बिग्रियो,सड्यो र गल्यो भने छान्नु पर्ने हुन्छ । यसले हाम्रो व्यवसायमा असहजता सिर्जना गर्छ । त्यसकारणले १३ प्रतिशत भ्याट लगाउनु उपयुक्त भएन भन्ने कुरा हाम्रो हो ।
मन्त्रीसँग भेटमा के भन्नु भयो ?
भ्याटको बिषयमा कुराकानी भयो । तपाईहरुको व्यवसायीक लक्षणताहरु हेछौं, त्यसपछि के गर्न सकिन्छ भनेर हेर्छौ । त्यसपछि उपयुक्त निर्णय लिन्छौ भन्ने आश्वासनहरु आएका छन् ।
किन बिरोध ?
हामी व्यवसायी भएको हुनाले व्यवसाय गर्ने वातावरण बनाइ दिनु पर्यो भन्ने हो । मैले यसभन्दा अघि पनि भने आलु प्याज कुहिएर बढी जान्छ । त्यसरी खराब भएर 'ओष्टेज लस' भएको कसले हामीलाई लस भएको हो भनेर प्रमाणित गरिदिन सक्छ त ?
भ्याट भएका कारणले भोली स्टक बढी देखिन्छ । लस भएको देखिदैन् ।
त्यसकारणले हामीलाई खाता मेन्टेन्ड गर्नदेखि लिएर सबै काम गर्न असहज हुन्छ । फेरि यो त दैनिक उपभोग्य बस्तु भयो ।
यो निम्न बर्गिय व्यवसायीले व्यवसाय गर्ने पनि पर्यो । एउटा साइकल वाला, एउटा ठेला वालाले पनि यो व्यवसाय गर्छन् ।
उनीहरु ५० लाख भन्दा तलका व्यापारी भए । उनीहरुलाई भ्याट लाग्छ भनेर भनिएको छैन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले ५० लाख भन्दा कमको व्यापार गर्नेलाई भ्याट लगाइएको छैन भनेर भन्नु भएकाे छ ।
उनीहरुलाई दिने हामी जो व्यवसायी छौं, हामीले उनीहरु भ्याटमा दर्ता छैनन् भने हामीले उनीहरुलाई सेल्स गर्न सक्दैनौं । यसले त हाम्रो व्यवसायलाई नै असर पर्ने भयो नि त यो हिसाबले पनि हामीले धेरै मर्का परेको हो ।
त्यै भएर १३ प्रतिशत भ्याट लागउने गरी बजेट आएको यो उचित छैन भनिएको हो ।
१३ प्रतिशतमा अडिग रहे के गर्नु हुन्छ ?
हामीले पहल कदमी गछौं । अब थप स्टेप के गर्ने भन्ने बारेमा हाम्रो संघको मिटिङ बसेर तय गछौं । अहिले हामीले यसै गर्छौ भनेर भनेका छैनौं । हामीलाई सहज नभएसम्म र व्यवसाय गर्ने वातावरण नभएरसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनो भनेर भनिरहेका छौं ।
आलु प्याजको बजारमा नआएकै हो ?
केही व्यक्तिहरुले अहिले पनि ल्याइरहेको अवस्था छ । यसमा हामीले दुईवटा कुरा बुझ्नु जरुरी छ । जस्तो हामी वैधानिक रुपमा काम गछौं ।
हामी १३ प्रतिशत भ्याट भन्सार जोडेर कारोबार गरिरहदा हाम्रो र जसले अवैध तरिकाले कारोबार गर्छन । उनीहरुसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं ।
सरकारले प्रतिस्पर्धा गर्न सक्छौ भनेर 'ग्यारेन्टी' गरिदिन सक्दैन । हामीले पनि विगतमा पनि यस्ता बिषयमा तिता अनुभवहरु बोकेका छौं ।
अहिले पनि केही व्यवसायीले आलु र प्याज ल्याइरहेका छन् । तर, हामीले सिष्टम नबसेसम्म गर्न सक्ने अवस्था छैन् ।
हामीले प्यानमा कारोबार गरिरहेको हुनाले भ्याटको सिष्टमलाई नबुझिकन र व्यवसायन नै लागु नगराएसम्म हामीले गर्न सक्दैनौ भन्ने हो ।
उपभोक्तालाई कस्तो असर ?
उपभोक्तालाई पनि असर पर्ने नै भयो । हामी सही पेशामा आबद्ध भएको व्यक्तिहरुले खरिद बिक्री गर्दा त हामीले १३ प्रतिशत त उपभोक्तासँग जोडनु पर्यो । हामीले जसलाई बिक्री गछौं उसले १३ प्रतिशत बढी त तिर्नु पर्यो ।
हामीले बिक्री गर्दा त १३ प्रतिशत सरकारलाई बुझाउनका लागि भनेर १३ प्रतिशत भ्याट लिन्छौं । त्यो असर भनेको अन्तिम उपभोक्ता जो हो उसले पनि त १३ प्रतिशत भ्याट तिरेर मात्र उपभोग गर्न पायो नि त ।
त्यो हिसाबले सबैभन्दा ठूलो असर उपभोक्तालाई पर्छ । हामी व्यवसायीले बरु एक हिसाबले उपभोक्तासँग लिन्छौं । अन्तिम उपभोक्ता जो हो उसलाई ठूलो असर पर्छ ।
१३ प्रतिशत भ्याटको असर व्यवसायी तथा उपभोक्ता दुवैलाई
मुल्य बृद्धिको मार उपभोक्तालाई एकदमै पर्छ । मुल्य बृद्धिको मार पनि पर्छ र निम्न वर्गिय व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण पनि हुँदैन् ।
जस्तो हामीले गरिरहेको व्यवसायबाट हामीले भ्याट नै तिरेर गरौला । तर हामीसँग लाने जसले ठेला गाढामा बिक्री गर्छ, जसले साइकलमा बिक्री गर्छ, जसले सडक पेटीमा खन्याएर बिक्री गर्छ । उहाँहरुलाई हामीले बिक्�
Comments
Post a Comment