Skip to main content

अब सवारी चालक अनुमतिपत्रको आवेदन र नवीकरण राजश्व अनलाइनबाटै

 अब सवारी चालक अनुमतिपत्रको आवेदन र नवीकरण राजश्व अनलाइनबाटै


सवारी चालक अनुमतिपत्रको अनलाईन भुक्तानी सहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ।


बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन् ।


नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सवै कार्यालयबाट अनलाईन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।


नयाँ अनलाईन सेवा मार्फत राजस्व भुक्तानीका साथै स्वास्थ्य परिक्षणका सेवा पनि उपलव्ध हुने उनले बताए । सवारी चालक अनुमतिपत्र लिन लामो लाईन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अनलाइन सेवाको शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए ।


उनले यसको कार्यान्वयनमा सक्रिय रुपमा लाग्ने र यसलाई प्रभावकारी रुप्मा अघि बढाउने जानकारी दिए । सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने लक्ष्यका साथ अन्य बिभिन्न निकायमा पनि अनलाईन प्रणाली लागू गर्दै जाने उनको भनाइ छ।


नयाँ व्यवस्थासंगै बायोमेट्रिक र परिक्षा दिन मात्रै यातायात कार्यालय जानुपर्ने मन्त्रालयले जनाएको छ ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf