Skip to main content

सरकारी एपको बेहालः डाउनलोड गर्न थोत्रा मोबाइल चाहिने, एप्पलले भने उडाइदियो

 सरकारी एपको बेहालः डाउनलोड गर्न थोत्रा मोबाइल चाहिने, एप्पलले भने उडाइदियो


आन्तरिक राजस्व विभागको आईआरडी नेपाल एप (IRD Nepal) बिजोग अवस्थामा रहेको पाइएको छ । राजस्व सम्बन्धी विभिन्न सेवा तथा जानकारी लिन सकिने गरी तयार पारिएको एप नयाँ भर्सनका एन्ड्रोइड फोन र आईफोनमा डाउनलोड नै नहुने अवस्थामा देखिएको हो ।


थोत्रा तथा पुराना एन्ड्रोइडमा मात्रै उपलब्ध यो एप नयाँ एन्ड्रोइड भर्सनमा भने डाउनलोड नै गर्न मिल्दैन । यदि तपाईंले आफ्नो मोबाइलमा आईआरडी नेपाल एप डाउनलोड गर्न खोज्नु भयो भने सुरुमै "एन्ड्रोइडको पुरानो भर्सनका लागि बनाइएकाले यो एप तपाईंको मोबाइलका लागि उपलब्ध छैन" भन्ने जानकारी देख्नु हुनेछ ।


ति मात्र होइन, आईफोन तथा अन्य आईओएस डिभाइसमा डाउनलोड गर्न त परको कुरा, यो एप एप्पलको एप स्टोरबाटै गायब भइसकेको छ । र विभागको वेबसाइट खोल्दा सुरुमै आईआरडी नेपाल एपलाई प्राथमिकताका साथ प्रचार गरिरहेको देखिन्छ ।


जसमा यो एपबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) दर्ता, प्यान खोजी, डे ०१ आय विवरण दाखिला गर्न, कर चुक्ता खोजी यकिन गर्न, शून्य कारोबारको भ्याट विवरण बुझाउन, अन्तः शुल्क स्टिकर स्क्यान गर्न, अन्तः शुल्क नवीकरण गर्न, विभागका सूचना तथा अपडेट लिन सकिने उल्लेख छ मोबाइल एपको यो बेहाल देखिएपछि हामीले विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलसँग यसबारे बुझ्न खोजेका थियौं । तर उनले सूचना प्रविधिको विषयमा आफूलाई जानकारी खासै नहुने जवाफ दिए ।


त्यसपछि विभागका सूचना प्रविधि निर्देशक रहेका रमेश शर्मासँग सम्पर्क गरेका थियौं । उनले एन्ड्रोइड एप अपडेट नभएको भए अब त्यसलाई अपडेट  गर्न लगाउने बताए ।


"तर आईओएसमा भने वर्षैपिच्छे नवीकरण गरिरहनु पर्ने र त्यसका लागि सरकारी भुक्तानी गर्न कठिन भएकाले एप नै हटाइदिएको छ," उनले भने, "तर एन्ड्रोइडमा भने डाउनलोड गर्न मिल्नु पर्ने हो ।

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf