Skip to main content

Posts

Showing posts from June, 2023

एप्पलले हटाइदियो ट्वीटरका संस्थापक डोर्सीको सोसल नेटवर्किङ एप

 एप्पलले हटाइदियो ट्वीटरका संस्थापक डोर्सीको सोसल नेटवर्किङ एप  ट्वीटरका संस्थापक ज्याक डोर्सीको सोसल नेटवर्किङ एप डामस (Damus) लाई एप्पलले आफ्नो एपस्टोरबाट हटाएको छ । बिटक्वाइन टिपिङ सेवाका लागि चर्चित यो एप एपस्टोरको भुक्तानी सम्बन्धी नियम विपरीत रहेको भन्दै एप्पलले हटाएको हो । डामसले प्रयोगकर्ताहरूलाई बिटक्वाइन प्रयोग गर्दा टिप दिने गरेकाे छ । तर यो कार्य भुक्तानी नियम विपरीत रहेकाे एप्पलको ठहर छ । एप्पलको यो निर्णयले ठूला प्रविधि कम्पनीहरू र क्रिप्टोकरेन्सीहरू जस्तै विकेन्द्रीकृत प्रविधि प्रयोग गर्ने एपहरूबीच विवाद हुनसक्ने विश्लेषण गरिएको छ । एपस्टोरबाट आफ्नो एप हटेपछि डामसले एप्पलसमक्ष अपिल गर्ने तयारी गरेको छ । एपस्टोरको नियम पालना गर्न एप अपडेट गरेपनि एप्पलले निर्णय फिर्ता नलिएकाे डामसले उल्लेख गरेकाे छ ।

दुई शिफ्ट गरी दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र प्रिन्ट हुँदैछः प्रधानमन्त्री

 दुई शिफ्ट गरी दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र प्रिन्ट हुँदैछः प्रधानमन्त्री प्रधानमन्त्री पुष्ष कमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय परिचयपत्र छपाइको काम दैनिक दुई शिफ्टमा भइरहेको जानकारी दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले परिचपयपत्रको पछिल्लो प्रगतिबारे जानकारी दिएका हुन् । "रष्ट्रिय परिचयपत्रको क्षेत्रमा ठूलो सुधार आएको छ । गत पुस ११ सम्म दैनिक ७ हजारको संख्यामा छपाई हुने परिचयपत्र अहिले दुई शिफ्टमा काम गरेर दैनिक १५ हजारको संख्यामा छापिरहेको छ," उनले भने । यसका साथै ५३ जिल्लाका ५५४ स्थानीय तहमा अभियान सञ्चालन गरी करिब एक करोड ३० लाख नागरिकको विवरण संकलन गरिसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

१३ हजारमै ६००० एमएएच ब्याट्री भएको इन्फिनिक्स स्मार्टफोन, ७ जीबीसम्म र्‍याम बढाउन मिल्ने

 १३ हजारमै ६००० एमएएच ब्याट्री भएको इन्फिनिक्स स्मार्टफोन, ७ जीबीसम्म र्‍याम बढाउन मिल्ने नेपाली बजारमा इन्फिनिक्स ब्राण्डका दुई मोडेलका स्मार्टफोन भित्रिएको छ । कम्पनीले 'इन्फिनिक्स हट थर्टी आई' र 'इन्फिनिक्स स्मार्ट सेभेन प्लस' नेपाली उपभोक्ताका लागि उपलब्ध गराउन थालेकाे हाे । 'हट थर्टी आई' १६ जीबी र्‍यामसम्म बढाउन सकिने ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेल हाे । ९० हर्ज रिफ्रेश रेट भएको फाेनमा ६.५६ इन्च आईपीएस एलसीडी डिस्प्ले रहेको छ । एन्ड्रोइड १२ मा आधारित यो फोन एक्सओएस १०.६ द्वारा सञ्चालित छ । मिडियाटेक हेलियो जी३७ चिपसेट रहेको यो फाेनमा कम्पनीले माली-जी ५७ एमपी वान जीपीयू समावेश गरेको छ । यसमा ५० मेगापिक्सेलको मुख्य र ०.०८ मेगापिक्सेलको डेप्थ सेन्सर छ । सेल्फी पारखीका लागि फाेनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध गराएको छ यसमा फिङ्गरप्रिन्ट (लक-बटनमा), एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पास जस्ता महत्त्वपूर्ण सेन्सर रहेका छन् । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यस फोनलाई चार्ज गर्न १८ वाटको चार्जर उपलब्ध गराइएको छ । कम्पनीले यस फाेन...

दाइजो लिईएन

 दाइजो लिईएन  एउटा बाइक दिएका थिए उन्कै छोरीलाई बसमा हिड्न नपरोस भनेर होला , उहाँहरुको छोरिलाई दुख नदिने बिचार को सम्मान गर्नै पर्यो । एउटा सेट दराज , पलङ , सिरक डस्ना दिएका थिए , फेरि उहाहरुकै छोरिको सुख दुख सोच्नु भएको होला भनेर नाई भनिएन । एउटा टिभि , एउटा फृज , एउटा वासिङ मेसिन यो पनि छोरिकै लागि दिएका भनेर मात्र अनि खै छोरिकै लागि भनेर गाह्रो साह्रो मा काम लाग्ला भनेर 25 लाख लिएको हो । तर दाइजो चै लिइएन। म जस्तै दाइजो बिरोधि को को छौ?

युवराज सफलले दायर गरेको रवि लामिछानेविरुद्धको रिट खारेज

  युवराज सफलले दायर गरेको रवि लामिछानेविरुद्धको रिट खारेज राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । युवराज सफलले दायर गरेको रिट बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले खारेज गरेको हो । महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए।

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

https://drive.google.com/file/d/1Iygk0kpmWmy5zPfFY201TPkPLY7lZFLg/view?usp=drive_link  काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरले आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो यस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ ।

मोबाइल दर्ता गराउनुभो ? असार महिनाभित्र दर्ता नगराएको मोवाइल बन्द हुने

 मोबाइल दर्ता गराउनुभो ? असार महिनाभित्र दर्ता नगराएको मोवाइल बन्द हुने  दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो । २०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षण शुरु गरेको थियो । त्यतिवेला २०७९ भदौ मसान्तसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः उक्त प्रणालीमा दर्ता गरिएको थियो। त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत दर्ता नभएका त्यस्ता मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि असारसम्मको समय तोकेको हो । असारभित्र दर्ता नहुने ...

काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको छ: रवि लामिछाने

 काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको छ: रवि लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन्। उनले आफु र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाव लिएर जनतामाझ जाने जिकिर गरे। नागरिकका मुद्धाहरुमा दरो उपस्थीति आफैमा गहन कुरा भएकाले पाँच बर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उनको भनाइ छ। उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे। नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफुहरुको कुनै लडाई नरहेको उनले स्पष्ट पारे। उनले आफुहरुको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गरे।

नागरिक उड्डयन प्राधिकरण बिरुद्ध बालेन शाहले उच्च अदालतमा रिट दायर

 नागरिक उड्डयन प्राधिकरण बिरुद्ध बालेन शाहले उच्च अदालतमा रिट दायर  नागरिक उड्डयन प्राधिकरणले बिरुद्ध काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले रिट दायर गरेका छन् । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि शाहले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् । तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।

शिक्षक लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्दै आयोग

 शिक्षक लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्दै आयोग शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ। लाइसेन्स परीक्षामा अधिकांश परीक्षार्थी अनुत्तीर्ण हुन थालेपछि आयोगले परीक्षाको ढाँचा परिवर्तन गर्न लागेको हो। परीक्षाको पाठ्यक्रम परिमार्जन गरेर प्रश्नपत्रको ढाँचा परिवर्तन गर्न विज्ञहरूसँग परामर्श थालिएको आयोगका एक अधिकारीले जानकारी दिए। पछिल्ला दिनमा शिक्षक लाइसेन्स परीक्षा र शिक्षक स्थायी दरबन्दीको प्रतियोगितात्मक परीक्षामा विज्ञापन गरिएको कोटाभन्दा कम परीक्षार्थी मात्रै उत्तीर्ण हुन थालेका छन्। यसबाट विश्वविद्यालयको शैक्षिक गुणस्तरमा पनि प्रश्न उठेको छ। शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक लाइसेन्स परीक्षाको ढाँचा र नतिजा प्रकाशन गर्ने प्रणालीमा परिमार्जन आवश्यक रहेको बताए। उनले भने, 'माध्यमिक तहको नतिजा निकाल्दा विद्यार्थी आयोगको परीक्षामा किन अनुत्तीर्ण भए भनेर विश्वविद्यालयको नीति तथा अनुसन्धान प्रतिष्ठानमा लेखेर पठाएका छौँ। अहिलेसम्म यसको जबाफ आएको छैन।' आयोगले वस्तुगत प्रश्नलाई परिमार्जन गर्ने य...

सस्तो मूल्यमा धेरै फिचर खोज्नेहरूका लागि उपयोगी फोन

 सस्तो मूल्यमा धेरै फिचर खोज्नेहरूका लागि उपयोगी फोन नेपाली बजारमा बेन्काेकाे नयाँ माेबाइल भित्रिएकाे छ । कम्पनीले सस्ताे मूल्यमा मिडरेन्ज फाेनका फिचरसहित बेन्को एसवन प्राे सार्वजनिक गरेको हाे । याे फोन मैले एक साताभन्दा बढी प्रयोग गरेर हेरिसकेको छु । जम्मा २० हजार रुपैँया तोकिएको यो फोनमा ८ जीबी र्‍याम अनि ६४ मेगापिक्सेल मुख्य क्यामेरा, ३३ वाटको फास्ट चार्जिङ, यूएफएस २.२ स्टाेरेज पाउनु हामीले अपेक्षा गरेभन्दा बढी नै हो । मूल्य अनुसार जस्तो फिचर दिइएकाे छ, त्यो त चित्तबुझ्दो नै छ। तर फिचर, लुक्ससँगै पर्फर्मेन्स कस्ताे छ त ? आज म यसबारे चर्चा गर्दैछु । याे फाेनकाे अब्बल पक्षकाे कुरा गर्दा पहिलाे नम्बरमा आउँछ, र्‍याम । २० हजारको फोनमा ८ जीबीको र्‍याम पाउनु भनेको जो कोहिले अपेक्षा गरेभन्दा बढी नै हो। त्यति मात्र होइन, आवश्यक परेको खण्डमा थप ८ जीबी भर्चुअल र्‍याम थप गर्न पनि मिल्छ । र्‍याम बढी हुँदाको मुख्य फाइदा भनेको सिस्टमले छिटाे काम गर्न सक्छ । जसले गर्दा मल्टी टास्क र गेमिङ अनुभव राम्रो हुन्छ । त्यसको अलवा दीर्घकालसम्म पनि फोन स्लाे हुने समस्या नदेखिन सक्छ । किनकि सिस्टम अपग्रेडस...

आफ्नो पहिलो स्मार्टवाच ल्याउँदै नथिङ, के डिजाइन फोन जस्तै होला पारदर्शी ?

 आफ्नो पहिलो स्मार्टवाच ल्याउँदै नथिङ, के डिजाइन फोन जस्तै होला पारदर्शी ? नथिङ ब्रान्डले यस अघि नै नथिङ फोन स्मार्टफोन वन र टीडब्लूएस हेडफोन बजारमा ल्याइसकेको छ । नयाँ फोन मोडल टु पनि यही ११ जुलाईमा सार्वजनिक हुँदैछ । तर सँगसँगै कम्पनीले स्मार्टवाच बजारमा समेत प्रवेश गर्ने देखिएको छ । इन्साइडर मुकुल शर्माले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) को वेबसाइटमा मोडल नम्बर डी३९५ रहेको नयाँ नथिङ डिभाइस फेला पारेका छन् । उक्त ग्याजेट स्मार्टवाच खण्डमा सूचिकृत रहेको छ । उक्त घडी नथिङ ब्रान्ड अन्तर्गत अथवा नथिङको सहायक ब्रान्ड सीएमएफ अन्तर्गत आउन सक्छ । त्यसो त यसको ट्रेडमार्कका लागि कम्पनीले रजिस्ट्रेसनका लागि दिएको निवेदन फेला परेको थियो । तर बीआईएस सर्टिफिकेसनमा उक्त स्मार्टफोनको विवरण भने देखिएको छैन । त्यसैले उक्त वाच अहिलेलाई रहस्यकै विषय बनेर रहेको छ । तर उक्त स्मार्टवाचको डिजाइन कस्तो होला भन्ने कुरा भने निकै कौतुहलताको विषय बनेको छ ।

ईसेवामा भएको पैसा अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने

ईसेवामा भएको पैसा अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने डिजिटल वालेट ईसेवामा भएको रकम अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने भएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ईसेवा र एभरेस्ट बैंकबीच 'कार्डलेस ट्रान्जेक्सन'का लागि सम्झौता भएको हो । यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन । एभरेष्ट बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ? - सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् । एभरेष्ट बैंकको एटीएम बुथमा जानुहोस् - बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् । - त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् । - र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् । यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ । 

एलन मस्क र प्रधानमन्त्री मोदीबीच भेट वार्ता, भारतमा स्थापना होला टेस्लाको प्लान्ट ?

   टेस्लाका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीले मंगलबार मस्कलाई भेटेका हुन् । बुधबार ट्वीट गर्दै प्रधानमन्त्री मोदीले एलन मस्कलाई भेटेको जानकारी दिएका छन् । "आज तपाईँलाई भेटेर खुसी लाग्यो एलन मस्क," मोदीले ट्वीटमा लेखेका छन्, "हामीले ऊर्जादेखि आध्यात्मिकता सम्मका विषयमा बहुआयामिक कुराकानी गरेका छौं ।" उनको ट्वीटमा रिप्लाई दिँदै एलन मस्क लेख्छन्, "तपाईंलाई फेरि भेट्न पाउँदा खुसी लागेको छ ।" अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार मस्कले भारतमा उत्पादन कारखाना स्थापना गर्ने योजनाबारे मोदीसँग छलफल गरेका छन् । प्रधानमन्त्री मोदीसँगको छलफलपछि सञ्चार माध्यमसँग कुरा गर्दै मस्कले भने, "भारत सौर्य ऊर्जा, स्थिर ब्याट्री प्याक र विद्युतीय सवारी साधन सहित दिगो ऊर्जाका लागि बलियो सम्भावना भएको देश हो ।" त्यस्तै उनले स्पेसएक्सको स्टारलिंक स्याटलाइट इन्टरनेट सेवा भारतमा ल्याउने विषयमा पनि छलफल भएको बताएका छन् । "उहाँ (मोदी) साँच्चै भारतको ख्याल गर्नुहुन्छ किनभने उहाँले हामीलाई भारतमा...

गुगल लेन्सबाटै आफ्नो छाला परीक्षण गर्न सकिने

 गुगल लेन्सबाटै आफ्नो छाला परीक्षण गर्न सकिने गुगल लेन्समा नयाँ फिचर थप गरिएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो छालामा भएको समस्याको विषयमा अथवा आफ्नो छालाको अवस्था कस्तो छ भनेर थाहा पाउन सक्नेछन् । अब प्रयोगकर्ताले आफ्नो छालाको फोटो खिचेर गुगल लेन्समा सर्च गर्दा आफ्नो छालको अवस्थाको विषयमा जानकारी पाउन सक्नेछन् । कहिलेकाही आफ्नो छाला भएको समस्याको विषयमा गुगलको खोज्नको लागि अक्षर टाइप गरेर मात्र मिल्दैन । आफ्नो समस्या ठ्याक्कै भन्न नमिल्ने अवस्था पनि हुन्छ । यो समस्यालाई समाधान गर्दै कम्पनीले गुगल लेन्समा नयाँ फिचर थप गरेको हो । यसले छालामा भएका समस्याको विषयमा जानकारी दिनेछ । सामान्यतः गुगल लेन्समा सर्च गर्दा मिल्दोजुल्दो तस्वीहरू देखाउने गर्छ । तर छालाको सम्बन्धमा भने यो फिचरले राम्रोसँग काम गर्दैन थियो । अब भने कम्पनीले डेडिकेटेड रुपमा नै यो फिचर थप गरेको छ

जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै लेरी एलिसन बने विश्वको तेस्रो धनी व्यक्ति

 जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै लेरी एलिसन बने विश्वको तेस्रो धनी व्यक्ति काठमाडौं । सफ्टवेयर कम्पनी ओराकलका संस्थापक लेरी एलिसन विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको चर्चासँगै कम्पनीकाे शेयर बढ्दा जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै एलिसन तेस्रो धनी व्यक्ति बनेका हुन् । फोर्ब्स म्यागजिनका अनुसार आज (सोमबार) एलिसनको कूल सम्पत्ति १५६.२ अर्ब अमेरिकी डलर छ । दोस्रो स्थानमा रहेका लुई भितनका मालिक बर्नाड अर्नल्टको सम्पत्ति २३३.७ अर्ब अमेरिकी डलर रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेका ट्वीटर, स्पेसएक्स तथा टेस्लाका मालिक एलन मस्कको सम्पत्ति २३६.९ अर्ब डलर छ । एलिसनले बिल गेट्स र जेफ बेजसलाई पछि पारेको यो पटक हो । उनले सन् २०१४ मै ओराकलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले कम्पनी छोडेका थिएनन् । पछि सो कम्पनीको अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) बनेका उनको अधिकांश सम्पत्ति ओराकलकै स्टकमा निर्भर छ । यो वर्ष एआईको चर्चासँगै ओराकलको स्टक मूल्य ४२ प्रतिशतले बढेको छ । गत मंगलबार ओराकलले सार्वजनिक गरेको रिपोर्टमा कम्पनी...

महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व

 काठमाडौं महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो। महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ। राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ। महानगरपालिका चार अर्ब ८५ करोड रूपैयाँ आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड रूपैयाँ उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ । विभागका अनुसार आव २०७८/७९ मा महानगरले तीन अर्ब ७२ करोड रूपैयाँमात्रै आन्तरिक आय सङ्कलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० रूपैयाँ हजार राजस्व सङ्कलन...

कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

 कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुगे कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेड आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छन् । कान्तिपुर टेलिभिजनले जेठ २८ गते र सानिमा हाइड्रोपावर जेठ २६ गते बोर्डमा आवेदन दिएका हुन् । कान्तिपुर टेलिभिजनले सर्वसाधारणको लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । यस्तै, सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ऐतिहासिक निर्णय: काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ।

 ऐतिहासिक निर्णय: काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ।

आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउँदाको असर उपभोक्ताको चुलोसम्म पुग्नुका साथै व्यवसाय गर्ने वातावरण पनि बन्दैन

 आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउँदाको असर उपभोक्ताको चुलोसम्म पुग्नुका साथै व्यवसाय गर्ने वातावरण पनि बन्दैन नेपाल सरकारले अहिलेको बजेटमा आलु प्याजलगायत कृषिजन्य बस्तुहरुमा १३ प्रतिशत भ्याट लगाएको छ । यसले व्यापारी तथा उपभोक्तालाई पनि ठूलै असर पर्ने देखिन्छ । १३ प्रतिशतको भ्याटले आलु प्याज केही दिन भित्रमै नास हुने बस्तु भएकोले व्यवसायीहरुलाई पनि व्यवसाय सञ्चालनका लागि अलिकति असहजता ल्याएको छ । मैले भन्न खोजेको उदाहरणका लागि भारतमा ३० टन माल किन्यौं भने यो काठमाडौंसम्म आइपुगेर र हाम्रो स्टोरबाट बिक्री गरिसक्दा करिव १०-१२ प्रतिशत त कुहिएर र नासिएर जान्छ । बिग्रियो,सड्यो र गल्यो भने छान्नु पर्ने हुन्छ । यसले हाम्रो व्यवसायमा असहजता सिर्जना गर्छ । त्यसकारणले १३ प्रतिशत भ्याट लगाउनु उपयुक्त भएन भन्ने कुरा हाम्रो हो । मन्त्रीसँग भेटमा के भन्नु भयो ? भ्याटको बिषयमा कुराकानी भयो । तपाईहरुको व्यवसायीक लक्षणताहरु हेछौं, त्यसपछि के गर्न सकिन्छ भनेर हेर्छौ । त्यसपछि उपयुक्त निर्णय लिन्छौ भन्ने आश्वासनहरु आएका छन् । किन बिरोध ? हामी व्यवसायी भएको हुनाले व्यवसाय गर्ने वातावरण बनाइ दिनु पर्यो ...

मौसम: आइतबार कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

 मौसम: आइतबार कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चीनले आफनो देशमा बाँकी अन्तिम भारतीय पत्रकारलाई देश छाड्न आदेश दियो

 चीनले आफनो देशमा बाँकी अन्तिम भारतीय पत्रकारलाई देश छाड्न आदेश दियो काठमाडौं । चीनले भारतका अन्तिम पत्रकारलाई पनि देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्ट स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। ययी पत्रकारले देश छोड्नेबित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार बाँकी रहने छैनन् । यो यस्तो समयमा भएको हो, जब दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको छ । यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए। हिन्दुस्तान टाइम्स रिपोर्टर सप्ताहन्तमा देश छाडे, जबकि हिन्दू र प्रसार भारतीका पत्रकारहरूको भिसा यस वर्ष अप्रिलमा नवीकरण गरिएको थिएन। गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए कि भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो अझै आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन्। यसअघि भारतले सिन्ह्वा न्यूज एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो।
 नेपाल रिपब्लिक मिडियाको आईपीओमा करिब १० लाखको आवेदन, एक अर्ब बढी शेयर माग नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा करिब १० लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा ९ लाख ८३ हजार २०० आवेदनबाट १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन गरेको ३६ लाख १९ हजार ८९१ कित्ता शेयरको २.९६ गुणा बढी हुन आउँछ ।

भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल दरमा वृद्धि : अर्थमन्त्री महत

 भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल दरमा वृद्धि : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल भन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारततर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन् । बजेटमा उठेका प्रश्नको सोमवार संसद्‍मा जवाफ दिने क्रममा डा. महतले भने, 'सुनको भन्सार दर विगत देखिनै भारतमा लाग्ने महसुल दर अनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर वृद्धि गरेको भएतापनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको थियो । त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो ।' भारतमा मुल्यगत आधारमा महसुल लागि सबै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति दश ग्राम ८ हजार ५०० रुपैयाँ मात्र रहेको छ । परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उताव चढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा मुल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले