Skip to main content

Posts

Showing posts from May, 2023

भन्सार दर बढेसँगै सुनको भाउ आकाशियो, नयाँ रेकर्ड कायम

 भन्सार दर बढेसँगै सुनको भाउ आकाशियो, नयाँ रेकर्ड कायम सुनको भाउ नयाँ रेकर्ड कायम भएको छ । जेठ १७ गते,बुधबार सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर बढाएसँगै सुनको भाउ आकाशिएकाे हाे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको छ । सुनको भन्सार १५ प्रतिशतले बढेर १२ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेको थियो । मंगलबार पनि सुनको भाउ २ हजार ४०० रुपैयाँले महंगिएको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको थियो । यसअघि वैशाख २१ गतेसुनको भाउ ऐतिहासिक उचाइमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँको उंचाइमा पुगेको थियो । बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा उक्ल...

सेयर लगानीकर्ताले भोलि आन्दोलन घोषणा गर्ने

 सेयर लगानीकर्ताले भोलि आन्दोलन घोषणा गर्ने नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा भोलि सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने भएका छन् । सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट मार्फत आन्दोलनको तयारी गर्न भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरुको भेला आब्हान गरेका छन् । सो भेलामार्फत आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा गरिने जनाईएको छ । सेयर बजारमा लगाईँदै आएको पूँजीगत लाभकरलाई आयकर ऐनको आय सिमासँग जोडेर बार्षिक आयको ३९ प्रतिशतसम्म कर असुल्ने गरी सरकारले नयाँ बजेट ल्याएपछि लगानीकर्ताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

अर्थमन्त्री महतले भने- नियमित व्यवसाय भनेको कतिसम्मको कारोबार हो, त्यो परिभाषित हुन्छ

 अर्थमन्त्री महतले भने- नियमित व्यवसाय भनेको कतिसम्मको कारोबार हो, त्यो परिभाषित हुन्छ शेयर कारोबारलाई व्यवसायको रुपमा अंगाल्ने लगानीकर्ता आयकरको दायरामा आउनुपर्ने बताएपछि शेयर बजारमा दोस्रो दिन पनि पहिरो गएको छ । बजेट आएपछि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले नियमित शेयर कारोबारी जसको शेयर कारोबार बाहेक अन्य आम्दानीको स्रोत छैन र जसले वर्षमा करोडौं कमाउँछन्, त्यस्ता कारोवारी मात्रै आय करको दायरामा आउने संकेत गरे । उनले भने-'सर्वसाधारण शेयर लगानीकर्ता जसले बैंकमा भन्दा केही बढी कमाइ हुने आशाले शेयर बजारमा लगानी गरेका छन्, त्यस्ता कोही पनि लगानीकर्ता आयकरको दायरामा आउनुपर्ने भनेको छैन । ९९.५ प्रतिशत अझ ९९.९९ प्रतिशत लगानीकर्ता यो भित्र पर्दैन । यसबाट आत्तिनुपर्ने केही पनि कारण छैन ।' ५०-६० लाख लगानीकर्ता खत्तम भए जसरी प्रचार भएकोमा असन्तोष प्रकट गर्दै उनले नियमित शेयर कारोबारको व्यवसाय गर्ने र आम्दानीको स्रोत नै शेयर कारोबार बनाएका व्यक्ति भने त्यसमा पर्न सक्ने संकेत गरे । नियमित व्यवसाय भनेको कति सम्मको कारो...

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाइसी विवरण, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाइसी विवरण, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने एनआईसी एशिया बैंक(NICA)ले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियाे केवाइसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ । अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि भिडियो कलबाटै केवाइसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो । घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइट nicasiabank.com मा रहेको Apply Now मा ट्याब गरी VKYC बाट उल्लेखित सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सकिनेछ र ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ । परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्...

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति

  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) लाई हकप्रद शेयर निष्काशन अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट शत प्रतिशत हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनी सञ्चालक समितिको बैशाख ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशन गरेर कम्पनीले प्राप्त गरेको रकम मध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि लगानी गर्नेछ । यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने जनाएको छ । विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएसँगै कम्पनीको विशेष साधारण स...

७ रुपैयाँ मात्रै नेटवर्थ भएको कम्पनी २ सय ५ रुपैयाँमा कारोबार हुँदै

 ७ रुपैयाँ मात्रै नेटवर्थ भएको कम्पनी २ सय ५ रुपैयाँमा कारोबार हुँदै साधारणतया ऋणात्मक नेटवर्थ भएका कम्पनीको शेयर दीर्घकालीन लगानीको लागि अनुपयुक्त मानिन्छ । नेपालमा भने प्रति शेयर ६ रुपैयाँ ७३ पैसा मात्रै नेटवर्थ भएको दिव्यश्वरी हाइड्रोपावर भने २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । २६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको यो हाइड्रोपावरको जगेडा कोष नै २४ करोड ६२ लाख २६ हजार रुपैयाँले नकारात्मक छ । कम्पनीको अंकित मूल्य भने प्रति शेयर १०० रुपैयाँ छ । ऋणात्मक कम्पनीहरुमा सकेसम्म लगानी नगर्न शेयर गुरुहरुले सल्लाह दिने गर्छन । नेपालको पुँजी बजारमा पछिल्लो समय विशेषगरी हाइड्रोपावर कम्पनीको शेयरहरु आधारभूत रुपमा अत्यन्तै कमजोर रहेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अध्ययन गर्दा थाहा हुन्छ। कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने श...

सानो इभि खोज्नेलाई एमजी कोमेट, २३० किमि रेन्ज, नेपाली बजारमा कहिले आउला ?

  एमजी (मोरिस ग्यारेज)ले सानो इभि पारखीको लागि विद्युतीय कार बजारमा उतारेको छ । केहि दिन अघि मात्रै एमजी इन्डियाले सिटीका लागि लक्षित गर्दै विद्युतीय कार कोमेट सार्वजनिक गरेको हो । एमजिका जेटएस इभिले अन्तराष्ट्रिय बजारमै सफलता पाएपछि नेपालमा समेत आउने सम्भावना रहेको कोमेटलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपाली बजारमा एमजि जेटएस इभि लोकप्रिय छ । हाल एमजीले सय किलोवाट मोटर क्षमता भएको एमजि जेट एस बजारमा उतारेको छ । एमजीले ल्याएको कोमेटको सुरुवाती मूल्य ७ लाख ९८ हजार भारु तोकिएको छ । जुन नेपाल आउँदा ३० देखि ३५ लाख रुपैयाँमा यो गाडी ग्राहकले पाउने अनुमान गरिएको छ । कस्तो छ कोमेटर गाडी ? पछिल्लो समय गाडी उत्पादक कम्पनीहरु सिटिलाई लक्षित गर्दै सानो इभि बनाउन लागेका छन । सोहि अवधारणा अनुरुप कोमेट इभि बजारमा आएको छ । यो गाडीमा १७.३ किलोवाट आवरको लिथियम आयत ब्याट्री दिइएको छ । कोमेटमा रहेको मोटरले ४२ पीएस र ११० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यो गाडी एक पटकको फुलचार्जमा २ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । ३.३ किलोवाटको चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज...

बैंकबाट पैसा कम पाउन थालेपछि त्यसको विकल्प पब्लिकबाट पैसा उठाउनु पर्ने अवस्था आएकाे हाेः पवन गोल्यानसँगकाे अन्तरवार्ता

  एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष समेत रहेका पवन गोल्यानले पहिलेदेखि नै बैंकको ब्याजदर एकल अंकमा ल्याउनु पर्ने आवाज उठाउँदै आएका छन् । उनले भनेजस्तै बैंकको ब्याजदर घट्दै जाने थालेको छ । केही महिना अघि १६ प्रतिशतसम्म पुगेको बैंकको ऋणको ब्याजदर घट्न सुरु गरेको छ । यसैगरी, उनी अध्यक्ष रहेका बैंक तथा वित्तीय संस्था परिसंघलगायतका संस्थाहरुले यही साता नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने बिषयमा नेपाल बिजनेस समिट गरिसकेको छ । उक्त समिटले १९ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । व्यवसायी गोल्यानका आधा दर्जन कम्पनीहरुले शेयर सर्वसाधारणमा ल्याउने तयारी गरिरहेका छन् । उनै गोल्यान समूहका अध्यक्षसमेत रहेका पवन गोल्यानसँग शेयर बजार, बैंकको ब्याजदरलगायतका बिषय केन्द्रित रहेर मेरोलगानीका उप सम्पादक सुवास निरौलाले गरेको अन्तरवार्ताः धितोपत्र बोर्डले बुक बिल्डिङ पक्रियामा रहेको तपाईहरूको कम्पनीलाई मूल्य पुनरावलोकन गरेर ल्याउन भनेको विषय अहिले कहाँ पुग्यो ? नागरिक लगानी कोष र नेपाल टेलिकमले...

अब बैंक खाता, लाइसेन्स जारी गर्दा अनिवार्य राष्ट्रिय परिचय पत्र हुनु पर्ने

 अब बैंक खाता, लाइसेन्स जारी गर्दा अनिवार्य राष्ट्रिय परिचय पत्र हुनु पर्ने सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने भएको छ । शुत्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन । राष्ट्रपति पौडेलले भनेका छन 'अगामी तीन बर्ष भित्र स्थायी लेखा नम्बर, बैंक खाता, सवारीचालक अनुमति पत्र, जग्गाधनी पूर्जा जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने छ ।'

वडा तहबाटै सरकारी सेवा अनलाइनमार्फत प्रवाह गर्ने सरकारको घोषणा

 वडा तहबाटै सरकारी सेवा अनलाइनमार्फत प्रवाह गर्ने सरकारको घोषणा सरकारले आफ्ना सबै सेवाहरू वडा तहबाट नै अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ । यसका लागि सरकारी कार्यालय र विद्युतीय प्रणालीबीच तथ्यांक आदन प्रदान गर्न डेटा एक्स्चेन्ज प्लाटफर्म निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीहरूमा अन्तरआवद्धता कायम गरी सेवा उपलब्ध गराइने बताए । सरकारी सेवा प्रवाहमा प्रयोग हुने सूचना प्रविधिको नक्साङ्कन, गुणस्तर निर्धारण तथा प्राविधिक परीक्षण कार्य एकीकृत रूपमा गर्ने व्यवस्था मिलाइनेछ' उनले भने, 'सरकारी निकायका सूचना प्रणालीहरूको विद्युतीय ब्लु प्रिन्ट निर्माण गरिनेछ ।'

TECHNICAL EDUCATION

 काठमाडौं महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भए देखि नै शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौ। पछिल्लो समयमा हरेक शुक्रवार विद्यालयमा विद्यार्थिहरु सँगै बस्ने र उनीहरू सँग बसेर सिक्ने गरेको छु। हिजो शुक्रवार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो। शिक्षामा सीप कार्यक्रम मार्फत विद्यार्थीहरू सँगै बसेर सिक्न मौका पाए। साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा पनि बुझ्नु पाइएको थियो। शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेकट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन्। उक्त कार्यक्रममा प्रत्येक कक्षामा कक्षा ९ का ३० जना विद्यार्थीहरू सहभागी छन्। उक्त अनुगमनमा विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाए। यसका साथै हामीले अडियो भिजुअल कक्षामा विद्यार्थीहरूको सहभागिता कस्तो छ भनेर पनि हेर्ने मौका पाएको थिए। साथै विद्यालयहरूको वर्तमान अवस्था, विद्यालयको समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा पनि जानकारी पाइयो। विद्यालयको भ्रमणको अन...

प्रिमियममा आईपीओ निष्काशन गर्न लागेका चार जीवन बीमा कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा, कुन कम्पनी कस्तो?

  नेपाल धितोपत्र बोर्डमा चार वटा जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न आवेदन दिएका छन् । सिटिजन लाइफ, रिलायवल लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् । यसरी प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति माग्दै बाेर्ड पुगेका चार कम्पनीबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एकले अर्काे शिर्षकमा अब्बल दाबी गर्दा अर्कोले अर्कै शिर्षकमा आफु चार कम्पनी मध्ये रिलायलन लाइफ र आइएमई लाइफको चुक्ता पूँजी समान २ अर्ब ८० करोड रुपैयाँ रहेकाे छ । यस्तै सिटिजन लाइफको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । सन नेपाल लाइफको चुक्ता पूँजी भने सबै भन्दा कम २ अर्ब २४ करोड रुपैयाँ मात्रै रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । पूँजी बढाउन चार वटै कम्पनीले प्रिमियम मूल्यमा आईपीको निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् । जगेडा कोषमा रिलायवल, बीमा कोषमा सिटिजन अघि चार वटा जीवन बीमा कम्पनीहरु मध्ये रिलायवल लाइ...

अर्को स्टक एक्सचेञ्ज आउने भएपछि नेप्सेले बनायो पाँच बुँदे योजना, सर्वसाधारणलाई समेत आईपिओ बिक्री गर्ने

  नयाँ स्टक एक्सचेञ्ज आउने भएपछि नेपाल स्टक एक्सचेञ्जको पुनर्सरचना गर्नु जोड दिन थालिएको छ । नयाँ स्टक एक्सचेञ्ज ल्याउने पक्का जस्तो भएपछि नेप्सेले पूनर्सरचना सहित भावी रणनीति सहितको प्रतिवेदन बनाएको हो । नेप्सेले बनाएको उक्त प्रतिवेदन अनुसार नेप्सेको वास्तविक मूल्यांकन गर्ने, पुँजी वृद्धि गरेर न्यूनतम ३ अर्ब रुपैयाँ पुर्याउने, सर्वसाधारणलाई ३० प्रतिशत शेयर जारी गर्ने, संस्थागत सुशासन राम्रो भएका स्वदेशी संघ संस्था र विदेशी रणनीतिक साझेदार भित्र्याउने उल्लेख छ । नेपाल धितोपत्र बोर्डले थप अर्को स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृया सुरु गरेपछि नेप्सेले संथागत पुनर्सरचनाको लागि जोड दिन थालेको हो । विगत लामो समयदेखि नेप्सेको शेयर संर्वसाधारणलाई बिक्री गर्नेगरी पुनर्सरचना गर्नुपर्ने मागहरु राख्दै आएका थिए । तर सम्बन्धित निकायको ध्यान केन्द्रित हुन सकिरहेको थिएन । अब आउदै गरेको नयाँ स्टक एक्सचेञ्जले तीन वर्ष भित्रमा सर्वसाधारणलाई शेयर जारी गर्ने व्यवस्था रहेतापनि नेप्से सञ्चालनमा आएको २९ वर्ष भइसक्दा पनि सर्वसाधारणमा शेयर जारी गरिएको छैन । नयाँ आउने स्टक एक्सचेञ्जले स्थापना भएको तीन व...

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सहुलियत दिइने

 इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सहुलियत दिइने सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई सहुलियत दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् । ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियत सहित प्राथमिकता दिइनेछ', राष्ट्रपति पौडेलले भने ।

सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने

 सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणको निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले सञ्चालन गरिरहेको हाेटल ह्यात प्लेस, तहाचाल काठमाडाैंमा शुक्रबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा ११ लाख ६१ हजार २८० आवेदकबाट एक अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको ९.४३ गुणा बढी हुन आउँछ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले शेयर पाउनेछन् ।

बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा नै राष्ट्र बैंकसँग सापटी पाउने

 बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा नै राष्ट्र बैंकसँग सापटी पाउने बैंक तथा वित्तीय संस्थाहरुले अब साढे ७ प्रतिशत ब्याजदरमा नै स्थायी तरलता सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंकदरलाई साढे सात प्रतिशतमा झारेको छ। बैंकहरुले बैंकदरमा नै स्थायी तरलता सुविधा उपयोग गर्न पाउछन्। यसअघि बैंकहरुले साढे ८ प्रतिशत ब्याज तिरेर स्थायी तरलता सुविधा लिँदै आएका थिए। राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदर घटेसँगै बैंकहरुको ब्याज खर्च घट्ने छ।

पुराना ब्रोक्ररले नयाँ ब्रोकरको विरोध गरेको भन्दै धितोपत्र बोर्डले चित्त दुखायो, यस्तो निकाल्यो प्रेस विज्ञप्ति

  पुराना ब्रोकरहरूको सङ्गठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नयाँ दलाल व्यवसायी (ब्रोकर) को लाइसेन्स रोक्न खोजेपछि नेपाल धितोपत्र बोर्डले चित्त दुखाएको छ। उसले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चित्त दुखाएको हो। "पारदर्शी प्रक्रियाबाट मापदण्ड पुरा गरेका सबैलाई समान अवसर प्रदान गरी तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिएकोमा केही संस्थाहरूले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैँ सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यस कार्यको विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरू लगाइएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ" बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शुक्रवार स्टक ब्रोकर एसोसिएसनले स्टक एक्सचेन्जको लाइसेन्स रोके जस्तै दलाल व्यवसायीको लाइसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानबिन गरी कारबाही गर्न माग गरेको थियो। सो पश्चात् नयाँ ब्रोकर एसोसिएसन गठन गर्ने गरी भेला गराइ आरोपलाई पुष्टि गर्न नयाँ ब्रोकरहरूले चुनौती दिएको थिए। त्यस पश्चात् सोमबार बोर्डले विज्ञप्ति जारी गरेको हो। बोर्डले पछि...

बैशाखमा बैंकहरुकाे कर्जा लगानी उल्टै घट्यो, निक्षेपमा पनि छैन बृद्धि

बैशाख महिनामा बैंकहरुको कर्जा लगानी घटेको छ। बैशाख ३० गतेसम्ममा बैंकहरुको कर्जा लगानी करिब ३० अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाउछ। केन्द्रिय बैंकको तथ्याँक अनुसार चैत अन्तिमसम्ममा बैंकहरुले ४३ खर्ब ३० अर्ब रुपैयाँ लगानी गरेका थिए। बैशाख ३० गतेसम्ममा याे कर्जा लगानी ४२ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको छ। यस अनुसार बैशाख महिनामा मात्रै बैंकहरुको कर्जा लगानी ३३ अर्ब रुपैयाँले घटेको छ। बैशाखमा निक्षेप संकलन पनि खासै बढ्न नसकेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ। चैत अन्तिमसम्ममा ४८ खर्ब ३२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन बैशाख ३० गते पनि ४८ खर्ब ३२ अर्ब रुपैयाँ नै रहेको छ। बैंकहरुको निक्षेपमा खासै परिवर्तन देखिदैन।

अनुसन्धान गर्न टाेप बहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखिने

 अनुसन्धान गर्न टाेप बहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखिने क्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वमन्त्री प्रहरीले टाेपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखिने भएकाे छ । प्रहरीले रायमाझीमाथि अनुसन्धान गर्न थप तीन दिन समय पाएकाे छ जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पुर्वमन्त्री टाेप बहादुर रायमाझीलाई आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ गरिएकाे थियाे । यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।

अवैध मोबाइल रोक्ने एमडिएमएस भोलिदेखि लागु हुँदै, कस्ता फोन चल्दैनन् ?

 अवैध मोबाइल रोक्ने एमडिएमएस भोलिदेखि लागु हुँदै, कस्ता फोन चल्दैनन् ? सरकारले विदेशबाट आउने यात्रुले ल्याउने फोनमा सहजिकरण गरेपछि नियामक दूरसञ्चार प्राधिकरणले भोलि अर्थात जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने भएको छ । झन्डै दुई बर्ष ढिलो गरी नेपालको मोबाइल बजारलाई नियामन गर्न यो प्रणाली पूर्णरुपमा लागु हुने भएको छ । गत पुस १५ गतेदेखि नै एमडिएमएस लागु गर्ने भनेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेपका कारण पाँच महिना रोकियो । विदेशमा बस्ने नेपालीले एक भन्दा बढी मोबाइल फोन ल्याउने व्यवस्था कार्यान्वयन गर्न थालेपछि चौतर्फी विरोध भएको थियो । सोहि विरोधकारण प्रधानमन्त्रीले एमडिएमएस तत्कालका लागि होल्ड गर्न निर्देशन दिएका थिए । एमडिएमएस रोकिएको पाँच महिनापछि अर्थमन्त्रालयले विदेशबाट आउने यात्रुको लागि दुई ओटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था नियमावली मार्फत सम्बोधन गरेपछि एमडिएमएस कार्यान्वयनको लागि बाटो खुलेको थियो । कोभिड लगायतका विभिन्न बाहाना पार्दै यो प्रणाली सञ्चालनमा ढिलाइ गरेको प्रधिकरणले भोलिदेखि पूर्णरुपमा एमडिएमएस प्रणाली लागु गर्ने छ । एमडिएम...

नागरिक लगानी कोषको लाभांश घोषणा

  नागरिक लगानी कोष (CIT Resident Speculation Trust (CIT) 2,090.00 3.93% Last Exchanged On 05/14/2023 03:00:00 52 Weeks 1,780.00 - 3,072.00 180 Days Avg. 2,007.17 1 Year Yield -25.62% EPS 24.40 (FY: 079-080, Q: 3) P/E Ratio 85.66 % Dividend 1.3158% (FY: 078-079) % Bonus 25% (FY: 078-079) Right Share 100:82.84 (FY: 077-078) Market Cap. 88,845,900,000.00 ) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कोषले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनर्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैशाख २९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार। अर्थमन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारण सभाबाट स्वीकत भएपश्चात सो लाभांश वितरण गरिनेछ।

सेवाग्राहीबाट ४० हजारसम्म लिएर ठगी गर्ने लेखापढी व्यवसायीलाई धमाधम पक्रँदै, रकम समेत फिर्ता गराइदै

 सेवाग्राहीबाट ४० हजारसम्म लिएर ठगी गर्ने लेखापढी व्यवसायीलाई धमाधम पक्रँदै, रकम समेत फिर्ता गराइदै जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो । सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कार्वाहीको शुरु लगेको छ । प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजारसम्म रकम लिएको पाइएको बताए । सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको बताए । उनले भने, 'ठगिएको गुनासा बढ्न थाले । छानबिनको क्रममा पुष्टि भएसँगै ठगी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । कोही धरौटीमा छुटेका छन् । कसैको मुद्दा चल्ने क्रममा छ र केही खोजीको क्रममा छन् ।' यसैबीच सुनसर...

नबिल बैंकको 'नबिल ढुक्क बचत खाता' सार्वजनिक,१० लाखसम्मकाे बीमा सुविधा पाइने

 नबिल बैंकको 'नबिल ढुक्क बचत खाता' सार्वजनिक,१० लाखसम्मकाे बीमा सुविधा पाइने नबिल बैंक लिमिटेड (NABIL) ले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने छन्। त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहने छ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ । दैनिक रूपमा काममा आउने बैंक सेव...

सनराइज बैंकको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता

 सनराइज बैंकको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता सनराइज बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगर स्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको छन् । बैंक र अरोगिन हेल्थकेयरबीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको क्रेडिट कार्ड, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ्ग मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउने जनाएको छ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा प्रदान गर्दै आइरहेको छ ।

हामी सँग महानगरका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको थियो।

 काठमाडौं महानगरले सुरु गरेको 'शिक्षामा सिप' कार्यक्रमको निरीक्षण गरियो। महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक साता शुक्रवार हुने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने निरीक्षण गर्ने क्रममा आज हामी जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा पुगेका थियौँ। ती दुई विद्यालयका कक्षाकोमा विद्यार्थिहरु सँगै बस्ने अवसर मिल्यो। उक्त निरीक्षणको क्रममा हामीले विद्यालयका शिक्षकहरू सँग स्रोत साधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौ। यो निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ। हामी सँग महानगरका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको थियो। 'शिक्षामा सिप' कार्यक्रम हाम्रो स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहँदै गर्दा प्रमुख कार्यक्रमका रूपमा घोषणा पत्रमा समेत समेटिएको थियो। कक्षा ९ मा नमुनाका रूपमा थालिएको उक्त कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा...

नेपाल दूरसञ्चारको नाफामा सामान्य गिरावट

 नेपाल दूरसञ्चारको नाफामा सामान्य गिरावट नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४३ प्रतिशत मात्र कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ थियो। कम्पनीको बिक्री आम्दानी घटे पनि अन्य आम्दानी बढेका कारण खुद नाफा झिनो दरले घटेको हो। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ ग्राहकबाट आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.०६ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्ष...

पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहाई, अदालतद्वारा सुरक्षा दिन आदेश

 पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहाई, अदालतद्वारा सुरक्षा दिन आदेश पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादको उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अब उनलाई मे १७ सम्म कुनै पनि मुद्दामा पक्राउ गर्न पाइने छैन । अल कादिर मामिलामा पीटीआईका अध्यक्ष खानलाई उच्च अदालतले २ साताको जमानत दिएको हो । नेशनल एकाउन्टिबिलिटी ब्युरोले उनलाई इस्लामावाद उच्च अदालत परिसरबाट तीन दिन अघि नियन्त्रणमा लिएको थियो । इमरान खानलाई लाहोरका चारवटा मुद्दामध्ये एउटामा जमानत दिइएको छ भने तीनवटा मुद्दामा सुनुवाइ हुनेछ। तीन मुद्दाको सुनुवाइका लागि दुई न्यायधीशको इजलास गठन गरिएको छ । इस्लामाबाद उच्च अदालतले इमरान खानलाई सुरक्षा दिन आदेश दिएको छ । उच्च अदालतले खानलाई पूर्ण सुरक्षा दिनुपर्ने भनेको छ । यससँगै उच्च अदालतले इमरानको लाहोर मुद्दाको सुनुवाइका लागि दुई न्यायाधीशको इजलास गठन गरेको छ ।

शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ । वैशाख २९ गते, सुन तोलामा ८०० रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन तोलामा नै ५५ रुपैयाँले घटेको छ ।

 शुक्रबार सुनचाँदीको भाउमा गिरावट, कतिमा झर्याे ? शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ । वैशाख २९ गते, सुन तोलामा ८०० रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन तोलामा नै ५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम रहेको थियो । साताको अन्तिम कारोबार दिन, सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएर एक हजार ४३० रुपैयाँमा किनबेच भएको थियो ।

धितोपत्र बोर्डले नीतिमार्फत नै शेयरको बाँडफाँडमा आरक्षण गरिएको छ । बोर्डले नै आरक्षण गरिएकाले आइपीओको शेयरमा घाटा हुँदैन भन्ने भ्रम छ ।

 आइपीओमा नाफा मात्रै हुँदैन, शेयर विश्लेषक मुक्ति अर्यालले भन्छन् 'शेयर भनेको जोखिमपूर्ण क्षेत्र भएकाले घाटा नाफा जे पनि हुन सक्छ नेपालमा प्राथमिक शेयर निष्काशन गर्दा अंकित मूल्यमा निष्काशन गरिन्छ र आइपीओमा परेको शेयरमा नाफा नै हुन्छ भन्ने भ्रम छ । शेयर बजारमा धेरै भन्दा धेरै लगानीकर्तालाई समेट्ने भनेर धितोपत्र बोर्डले नै उद्योग प्रभावित स्थानीयलाई, वैदेशिक रोजगारमा जाने कामदारलाई, शेयर निष्काशन गर्ने कम्पनीका कर्मचारी र म्युचुएल फन्डलाई कोटा छुट्याउने गरेको छ । धितोपत्र बोर्डले नीतिमार्फत नै शेयरको बाँडफाँडमा आरक्षण गरिएको छ । बोर्डले नै आरक्षण गरिएकाले आइपीओको शेयरमा घाटा हुँदैन भन्ने भ्रम छ । पछिल्लो समय आएका अधिकांश कम्पनीहरु पनि अंकित मूल्यभन्दा माथि नै कारोबार भइरहेका छन् । अहिले अंकित मूल्य १ सय रुपैयाँभन्दा माथि कारोबार भयो भन्दैमा भविष्यमा घाटामा कारोबार हुँदैन भन्ने ग्यारेन्टी भने हुँदैन । आजभन्दा ४-५ वर्ष अगाडि निष्काशन भएका हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४०-५० रुपैयाँसम्म पनि कारोबार भएको छ । 'आइपीओमा आएको शेयर किन्दा जहिले जोखिम कम हुन्छ, नाफामा जान्छ र फाइदा हुन्...

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

 सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो बैशाख २८ गते बिहीबार सुनको मूल्य स्थिर अवस्थामा छ । यस दिन सुन बुधबार कायम मूल्यमा नै काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतिताोला एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भएको छ ।

राष्ट्र बैंकका गभर्नरले बैंकका सिइओलाई भने, 'सर्वसाधारणका गुनासा तपाईहरुले नै सम्बोधन गर्नुस, हामी कहाँ आउन नदिनुस्'

 राष्ट्र बैंकका गभर्नरले बैंकका सिइओलाई भने, 'सर्वसाधारणका गुनासा तपाईहरुले नै सम्बोधन गर्नुस, हामी कहाँ आउन नदिनुस्' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सर्वसाधारणका गुनासा बैंकहरुले सम्बोधन गर्न र राष्ट्र बैंकमा नपठाउन आग्रह गरेका छन् । सर्वसाधारणका गुनासा राष्ट्र बैंकमा आउन थालेपछि गभर्नर अधिकारीले बैंकका सिइओलाई बोलाएर गुनासाहरु सम्बोधन गर्न आग्रह गरेका हुन् । राष्ट्र बैंकका उच्च अधिकारी र वाणिज्य बैंकका सिइओहरु समेतलाई म्यारियट होटल राखेर गभर्नर अधिकारीले गुनासाहरु राष्ट्र बैंक नपठाउन अनुरोध गरेका हुन् । 'तपाईहरुले सेवाग्राहीका गुनासाहरु नसुनेका कारणले गुनासाहरु राष्ट्र बैंक आएका छन्,' गभर्नर अधिकारीको भनाईलाई उदृत गर्दै एक सिइओले भने, 'सेवाग्राहीका गुनासा सुन्नुहोस र त्यस्ता गुनासा हामी कहाँ नआउने वातावरण बनाउनु होस ।'

बजेट निर्माणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुले अर्थमन्त्रीलाई दिए दर्जनबढी सुझाव

 बजेट निर्माणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुले अर्थमन्त्रीलाई दिए दर्जनबढी सुझाव बजेट निर्माणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुले अर्थमन्त्रीलाई दिए दर्जनबढी सुझाव अन्तर्राष्ट्रिय विकास साझेदारहरुले पूंजीगत खर्चमा सुधार गर्नुपर्ने, सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने, खर्चमा दोहोरोपना घटाउने, आन्तरिक स्रोत परिचालनका लागि सुधार खाका तयार गर्ने, सार्वजनिक र निजी वित्तीय साधन राष्ट्रिय प्राथमिकतामा प्रवाह गर्ने सुझाव दिएका छन । त्यसैगरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र पोषणमा लगानी वृद्धि गर्ने, करको दायरा विस्तार गर्ने, न्यून पूंजीगत खर्च र कमजोर खरिद क्षमतामा सुधार गर्ने, अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिक क्षेत्रमा परिवर्तन गर्दै करको दायरा विस्तार गर्ने सुझाव दिएका छन् । त्यसैगरी साना तथा मझौंला उद्यम र आन्तरिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, मानव पूंजीमा लगानी विस्तार गर्ने,आर्थिक लक्ष्यका साथसाथै पर्यावरणीय र सामाजिक लक्ष्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने,आयोजना पूर्व तयारीमा प्राथमिकता दिनुपर्ने, ठूला सुधार एजेण्डालाई प्राथमिकीकरण गर्नुपर्ने, आयो...

सिटी होटलको आईपीओमा अन्तिम दिनसम्ममा साढे ११ लाख बढीको आवेदन, ९.४३ गुणा बढी शेयर माग

 सिटी होटलको आईपीओमा अन्तिम दिनसम्ममा साढे ११ लाख बढीको आवेदन, ९.४३ गुणा बढी शेयर माग सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि आज २८ गतेसम्म सर्वसाधारणको निष्काशन गरेको शेयरमा साढे ११ लाख भन्दा बढीको आवेदन परको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०४ बजेसम्ममा ११ लाख ६१ हजार २८० आवेदकबाट एक अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको ९.४३ गुणा बढी हुन आउँछ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये पहिलो चरणमा, १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।...

भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै डिस्टर्ब नगर्ने सहमति भएको छः प्रधानमन्त्री प्रचण्ड

भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै डिस्टर्ब नगर्ने सहमति भएको छः प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै डिस्टर्व नगर्ने सहमति भएको बताएका छन । बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । 'यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ', प्रचण्डले भने, 'मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास भएको होइन ।' प्रधानमन्त्री प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताहरूको भेट बढी अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने र त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल भएको बताए । उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताए । हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर द...

१ करोडसम्मको मार्जिन कर्जामा ९ प्रतिशतको वृद्धि

५० लाखदेखि १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा ९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ९ महिनाको देशको आर्थिक अवस्था सम्बन्धी तथ्यांंकमा चालु आवको चैत्र मसान्तसम्म ५० देखि १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा चालु आवको चैत्र मसान्तसम्म ११ अर्ब ५० करोड ९९ लाख पुगेको देखाएको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा २०७९ को असार मसान्तसम्म १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको शुरुदेखि नै आर्थिक गतिविधि सुस्त भएर शेयर बजार समेत बियरिस ट्रे्न्डमा छ। घट्दो पुँजी बजारमा मार्जिन कर्जा पनि घट्दो ट्रेन्डमै देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ९ महिनामा मार्जिन कर्जा ६.७ प्रतिशतले घटेको छ । चालु आवको शुरुमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेको शेयर धितो कर्जा तेस्रो त्रैमासको अन्तिमसम्म पुग्दा ५ अर्ब ४० करोड ६७ लाख रुपैयाँले घटछेर ७५ अर्ब १० करोड १० लाख रुपैयाँमा सीमित हुन पुगेको छ । शेयर लगानीकर्ताहरुले आगामी मौद्रिक नीतिको समीक्षामार्फत मार्जिन कर्जा उपलब्ध गराउँदा लगाइएको जोखिम भार १५० प्रतिशतबाट १ सय प्रतिशत...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै आरजु राण देउवाद्वारा साइबर ब्यूरोमा उजुरी

  नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै आरजु राण देउवाद्वारा साइबर ब्यूरोमा उजुरी

याेजनाहरू ल्याउने अाफ्नाे कमिसन पकाउनका लागि मात्र हाे कि? संचालन गरि सदुपयाेग पनि गर्ने हाे ? जनताले खाँडिमा पसिना बगाएर तिरेकाे राजस्वकाे सदुपयाेग यहि हाे त? जनता माथि ऋणकाे भारी दिएर देश डुबनउने यस्ता खेलहरू किन?सन्दर्भ- विद्युतिय शव दाह गृह नहर चाैक बरही बिष्णुपुर

  याेजनाहरू ल्याउने अाफ्नाे कमिसन पकाउनका लागि मात्र हाे कि? संचालन गरि सदुपयाेग पनि गर्ने हाे ? जनताले खाँडिमा पसिना बगाएर तिरेकाे राजस्वकाे सदुपयाेग यहि हाे त? जनता माथि ऋणकाे भारी दिएर देश डुबनउने यस्ता खेलहरू किन?सन्दर्भ- विद्युतिय शव दाह गृह नहर चाैक बरही बिष्णुपुर याेजनाहरू ल्याउने अाफ्नाे कमिसन पकाउनका लागि मात्र हाे कि? संचालन गरि सदुपयाेग पनि गर्ने हाे ? जनताले खाँडिमा पसिना बगाएर तिरेकाे राजस्वकाे सदुपयाेग यहि हाे त? जनता माथि ऋणकाे भारी दिएर देश डुबनउने यस्ता खेलहरू किन?सन्दर्भ- विद्युतिय शव दाह गृह नहर चाैक बरही बिष्णुपुर

प्रधानमन्त्रीको निर्देशनले रोकिएको एमडिएमएस जेठ पहिलो सातादेखि लागु गर्ने तयारी

  युबराज बस्नेत प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनले रोकिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अगामी जेठ पहिलो साताबाट लागु गर्ने तयारी भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने निर्णय गरेसँगै मोबाइल बजारलाई नियामन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने बाटो खुलेको हो । यसअघि गत पुस १५ गतेदेखि एमडिएमएस लागु गर्ने भनिएपनि विदेशबाट एउटा मात्रै मोबाइल फोन ल्याउने व्यवस्था भएपछि चौतर्फी बिरोध भएको थियो । विदेशमा बस्ने नेपालीले थप एउटा मोबाइल पनि ल्याउन नदिने व्यवस्था विरुद्ध नो रेमिट्यान्स अभियानदेखि विभिन्न विरोध कार्यक्रम भएको थियो । चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री प्रचण्डले एमडिएमएस तत्कालका लागि स्थगित गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको आदेशपछि झन्डै पाँच महिना रोकिएको यो प्रणाली जेठबाट कार्यान्वयना ल्याउने दूरसञ्चार प्राधिकरणको तयारी छ । मन्त्रीपरिषद्को निर्णय अनुसार श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर...

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सर्वसाधारणको लागि २० प्रतिशत आईपीओ निष्कासन गर्ने छ ।    केवलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो ।   आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामासमेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए ।  पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरस्थित अन्...

ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छः मन्त्री गुरुङ

  कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताए । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले धेरै पटक पार्टीको केन्द्रिय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए । उनले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताए ।

नयाँ ब्रोकर कम्पनीको रेसबाट एनआइसी एसिया बैंक आउट, कम्पनी नै खारेज, कसले गर्‍यो आउट ?

                                                                                              सुवास निरौला                नयाँ ब्रोकर कम्पनीको लाइसेन्स लिने प्रक्रियागत रेसबाट एनआएसी एसिया बैंक आउट भएको छ। कम्पनी नै खारेज गरेर रेसबाट आउट भएपछि एनआइसी एसिया बैंकको सहायक कम्पनीले नयाँ ब्रोकरको लाइसेन्स नपाउने भएको हो।                नेपाल धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीले निवेदन दिएका थिए। जसमा एनआइसी एसिया बैंकको सहायक कम्पनीले समेत निवेदन दिएको थियो। एनआईसी एसिया सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कमिसन ब्रोकरको लागि बोर्डमा आवेदन दिएको थियो। तर उसले कम्पनी ब्रोकर लाइसेन्स लिन अनिच्छुक रह...

मे ११ देखि १३ सम्म बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुने

                 नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दोस्रो बुद्धिष्ट अन्तर्र्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्ने भएको छ । कोभिड १९ महामारीका कारण सुस्त रहेको पर्यटकीय गतिविधिलाई तीव्र बनाउँदै बुद्धभुमि लुम्बिनीलाई केन्द्रमा राखी नाट्टाले मे ११ देखि १३ सम्म लुम्बिनीमा एक्प्लोर द बुद्धल्यान्ड, गेटवे टु बुद्धिष्ट सर्किट’ नाराका साथ आयोजना गर्न लागिएको हो ।           नेपाल पर्यटन बोर्डको संयोजन र नाट्टाको आयोजनामा हुने उक्त मार्ट आयोजनाको लागि पर्यटन नागरिक उडड्यन मन्त्तालयका सचिवको अध्यक्षतामा एक समिति समेत गठन गरिएस्को छ । ट्राभल मार्टमा भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकाका साथै नेपालबाट ट्राभल/टुर कम्पनीहरु सहभागी हुने हुँदा बीटुबी कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी रहेको छ ।           कार्यक्रम उद्घाटन लुम्बिनीस्थित मायादेवी मन्दिर प्रांगणमा मे ११ को बिहान ९ बजे लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्लीबहादुर चौधरीले गर्ने कार्यक्...

वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने

                      वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।                     श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको उक्त सुविधा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो ।                          २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप ए...

बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीको मूल्य पुनरावलोकन गरेर क्यापिटलले बोर्ड पठायो, बोर्डले स्वीकृत गर्ला ? यसो भन्छ बोर्ड

  सुवास निरौला धितोपत्र बोर्डले भने अनुसार बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीको मूल्य पुनरावलोकन गरेर ग्लोबल आइएमइ क्यापिटलले बोर्डमा पठाएको छ। संस्थागत लगानीकर्ताको भूमिकामा रहेका दुई सरकारी कम्पनीले मूल्य पुनरावलोकन प्रक्रियामा मौनता साँधे पनि अरू कम्पनीहरूले दिएको प्रतिबद्धता पत्र सहित क्यापिटलले बोर्ड पठाएको हाे। “क्यापिटलले जे जति कमिटमेन्ट आयाे तिनैलाई समेटेर बोर्ड पठाइसकेको छ। अब केही दिनमै बोर्डबाट निर्णय आउने सम्भावना छ” रिलायन्स स्पिनिङ् मिल्का प्रमुख शेयर धनी पवन गोल्यानले मेरो लगानी सँग भने। पाल टेलिकम र नागरिक लगानी कोषले भने अझै प्रतिबद्धता नदिएको विषयमा भने स्पष्ट पर्दै  गोल्यान भन्छन् ”तिनीहरू भनेको सरकारी लगानी भएका कम्पनी हुन्। उनीहरूको प्रक्रिया अलि लामो नै हुन्छ। जसले गर्दा उनीहरू आउँदै गर्छन्। यता काम अघि बढ्दै गर्छ भन्ने हिसाबले पठाएको हो। उनीहरूको प्रतिबद्धता नआउनेमा खासै शङ्का गर्नु पर्ने ठाउँ छैन”। तर बजारमा भने धेरै शेयर किन्ने प्रतिबद्धता जनाएका योग्य संस्थागत लगानीकर्ताले नै शेयर किन्ने नकिन्ने यकिन नगरिदिँदा बोर्डलाई स्वीकृति दिन अप्ठ्यारो पर्ने ...

सिटि होटलको आईपीओमा ५ लाख ३० हजारको आवेदन, ४.४३ गुणा बढी शेयर माग

  सिटि होटल लिमिटेडले बैशाख २५ गतेदेखि सर्वसाधारणको निष्काशन गरेको शेयरमा ५ लाख भन्दा बढीको आवेदन परको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः१९ बजेसम्ममा ५ लाख ३० हजार १५८ आवेदकबाट ६० करोड १४ लाख ४८ हजार रुपैयाँ बराबरको ६० लाख १४ हजार ४८ कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको ४.४३ गुणा बढी हुन आउँछ ।

अधूरे प्यार की एक अधूरी कहानी

  प्यार वो एहसास है, जो हर किसी को नहीं होता। प्यार वो महसूस है। जिसके अंदर खो जाने का दिल करता है। यही एक एहसास मैं आपको बताना चाहता हूँ। शाम का समय था। मैं अपने दोस्त का इंतजार कर रहा था। स्टेशन के बाहर। हमलोग का बाहर कही घूमने जाने का प्लान था और मैं जल्दी पहुँच गया था। कुछ समझ नही आ रहा था की मैं क्या करूँ। मैं स्टेशन के पास जा के बैठ गया, तभी कुछ ऐसा हुआ कि मेरी जिन्दगी एक अलग मोड़ लेने वाली थी। स्टेशन की तरफ मैं देख रहा था की मेरा दोस्त आया की नहीं तभी अचानक से मेरी नज़र एक लड़की पर पड़ी। वो जो वक़्त था मैं पूरी तरह कुछ देर के लिए थम सा गया था। मैं सब भूल गया था की मैं कहा हूँ क्यों हूँ ? बस मेरी आँखे उस लड़की की तरफ से हट ही नहीं रही थी और इस तरह से मैं उसे देखता ही जा रहा था । उसकी मासूम चेहरा, उसकी छोटी-छोटी आंखी, उसके मासूम सा चेहरे पे वो मासूम सी उसकी हंसी जैसे मानो कोई परी हो वो..उसे देख पहली नज़र मे मानो दिल को कुछ होने लगा था। क्या वो प्यार था?? मुझे नहीं पता बस दिल बोल रहा था कि मेरा दोस्त कुछ देर बाद आये या ये वक़्त रुक जाए। मुझे उसका नाम जानना था। उसके बारे में बहुत कुछ पत...